याडियाका तीन मोडलका प्रिमियम विद्युतीय स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट
काठमाडौं ।
दुईपांग्रे सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ । साथै यो सन् २०२० मा सर्वाधिक धेरै इलेक्ट्रिक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न सफल भएको छ ।
कुजु नेपाल प्रालिले याडिकाको युरोपियन स्ट्यान्डर्डका नेपाली बजार सुहाउँदो उत्कृष्ट स्कुटर नेपाली बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार नेपालमा अहिले याडियाका ‘जी फाइभ, सीवान एस र एस–लाइक’ तीन मोडल उपलब्ध रहेको छ । कम्पनीको टंगालमा रहेको शोरुमबाट ग्राहकले उक्त स्कुटर खरिद गर्न सक्नेछन् ।
जी ५ स्कुटर : आकर्षक डिजाइनमा आएको जी५ स्कुटरमा जीटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलाउन सकिन्छ । यसमा ६० भोल्ट, ३२ एम्पियरको पानासोनिक लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ ।
कम्पनीका अनुसार यसलाई फुल चार्ज गर्न छ घण्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा प्रयोग भएको ब्याट्री माइनस २० देखि ५५ डिग्रि सेन्टिग्रेट तापक्रममा काम गर्नसक्छ भने यो सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ । साथै यसमा सात इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ । त्यस्तै १२ इन्चको ट्युबलेस टायर, दुवै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइटहरुमा एलईडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ । यसको मूल्य तीन लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सी१ एस स्कुटर : याडिया सी१ एसमा पनि जी५ कै समान जीटीआर ३.० ब्रोडब्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २२०० वाट पावर प्रदान गर्छ भने, यसको रेटेड पावर १८०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पिड क्षमता ६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ६० भोल्ट, ३२ एम्पियरको पानासोनिक लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न छ घण्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यस्तै यो ब्याट्री माइनस २० देखि ५५ डिग्री सेन्टिग्रेट तापक्रममा काम गर्नसक्छ ।
कम्पनीका अनुसार यसमा नौ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्चार्ज प्रोटेक्सन, प्रिडिस्चार्ज प्रोटेक्सन, सन्तुलित फंक्सन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ । साथै यसमा पाँच इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड सोलुसन सिस्टम रहेको छ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युबलेस टायर, दुवैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य तीन लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
एस–लाइक स्कुटर : याडिया एस–लाइकमा पनि जीटीआर ३.० ब्रोडब्यान्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम १२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २००० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरको टप स्पिड ५० किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीका अनुसार यसमा ६० भोल्ट, २४ एम्पियरको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न छ घण्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा डबल ब्याट्रीको सुविधा समेत रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता पाउन सकिन्छ ।
यसमा ४.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसमा रहेको एलसीडी डिस्प्ले दिनमा तथा रातमा आफैँ एड्जष्ट हुनेछ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युबलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा १८ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य दुई लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
सुरुवाती ग्राहकलाई २५ हजार नगद छुट : कम्पनीले याडिया ब्राण्ड नेपालमा सार्वजनिक गरेको उपलक्ष्यमा प्रत्येक स्कुटरको खरिदमा २५ हजार नगद छुट दिने घोषणा गरेको छ । सुरुमा याडिया ब्राण्ड रोज्ने १५ ग्राहकलाई यो नगद छुट प्रदान गरिनेछ । यो योजनाअनुसार तीनवटै मोडलका पहिलो १५ ग्राहक गरेर कुल ४५ ग्राहकले २५ हजारका दरले नगद छुट पाउने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया