रियलमी बड्स एयर२ र बड्स एयर२ नियो पनि नेपाली बजारमा
काठमाडौं ।
रियलमीले नेपाली बजारमा ‘रियलमी बड्स एयर२’ र ‘रियलमी बड्स एयर२ नियो’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण नेपालमा सार्वजनिक गरेको छ । बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुवै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।
उद्योगको शीर्षस्तरअन्तर्गत अडियो गुणस्तर प्रदान गर्न यी बड्सहरु विश्वको टप १०० डिजे, सांगीतिक समूह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रियाबमोजिम डायमण्ड आकारमा उच्च गुणस्तरको कार्बन बनावट रहेको छ । यी दुई नयाँ उच्च गुणस्तरका टीडब्लुएस बड्स एनएनसी प्रविधिमा आधारित छन् साथै २५ डिबीको ध्वनि ह्रास गर्ने तथा कम फ्रिक्वेन्सीका आवाज/होहल्लालाई प्रभावकारी रुपमा कम गर्नसक्छ । यी नयाँ संस्करणमा ब्याट्रीको क्षमता, उच्चतम अडियो, डिजाइन आकर्षकतामा पनि सुधार गरिएको छ । सामान्यतया महँगा उपकरणमा मात्र उपलब्ध हुने गरेको नोइज क्यान्सलेसेन प्रविधि रियलमीले औसत वर्गका प्रयोगकर्ताको लागि पनि किफायती रहेको रियलमी बड्स एअर २ मा यो प्रविधि ल्याएको छ ।
कम्पनीका अनुसार रियलमी बड्स एयर२ र एयर२ नियोले २५ डीबीसम्म नोइज क्यान्सलेसन गर्न सक्दछ । यसमा आर२ चिपको प्रयोग गरिएको छ, जसले मूल आवाजलाई समर्थन गरेर बाह्य होहल्ला रोक्न मद्दत गर्छ । ट्रान्सपरेन्सी मोड बडस् एयर२ र बडस् एयर२ नियो दुवै उपकरणका लागि थप फिचर हो । ताररहित यी दुवै एयरफोनहरु ध्वनि पिकअपका लागि डबल माइक्रोफोनले सुसज्जित छन् ।
आधुनिक युवाका लागि एयर बड्स एक फेसन उपकरण पनि हो । संगीत सुन्न, फोन गर्न वा चलचित्र हेर्न अन्य उपकरण भन्दा थप आकर्षणका रुपमा यसको विकास हुँदै गएको छ । कम्पनीले बड्स एयर२ का नयाँ संस्करणका यी दुवै उपकरणलाई विगतका अनुभव र उपभोक्ताको आवश्यकताअनुरुप प्रस्तुत गरेको छ ।
बड्स एयर२ आधुनिक दुई टोन कलर स्प्लिसिंगमा डिजाइनमा उपलब्ध छ । कालो र नीलो तथा चाँदी र सेतो कलरमा उपलब्ध बड्स एयर निकै आकर्षक छ । यसको विशेष आकार र चम्किलो बनावटले यसलाई एक किसिमको स्टाइल आइकन हुने विश्वस्त छ । नयाँ संस्करणका यी दुवै उपकरणमा रड आकारबाट परिवर्तन गरी सिमी आकारमा लगेको छ । साथै ग्लिमिङ मिरर टेक्नोलोजीद्वारा विभिन्न कोणबाट हेर्दा विभिन्न रंग झल्काउनाले यसलाई अझ आकर्षक बनाइएको छ । रियलमी बड एयर२ नियो चौतर्फी अपडेट गरिएको छ । यो सामान्यतया २८ घण्टासम्म र एएनसीका साथ २० घण्टासम्म निरन्तर प्रयोग गर्नयोग्य छ । जुन अघिल्लो संस्करणको तुलनामा ६५ प्रतिशतले बढी हो । रियलमी बड२ ले २५ घण्टासम्म आफ्नो क्षमता विकास गरेको छ ।
यसबाहेक गेम मोडमा विलम्बता ८८ मिली सेकेण्ड छ । भिडियो एसिन्क्रोनी, खेलमा हुने विलम्बता, डिस्कनेक्सन तथा अन्य समस्याहरुमा पनि व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ । आईपीएक्स ५ को वाटरप्रुफ रेटिङ रियलमी लिंक एपका साथ अनुकूल बनाउन खोजिएको छ । अन्ततः एएनसी अन/अफ, इन्टर/एक्जिट, गेमिङ मोड, ईक्यु सेटिङ नियन्त्रण थप इन्टिलिजेन्ट टच कन्ट्रोल, स्मार्टवेयर डिटेक्सन, गुगल फास्ट पेयर र अन्य फिचरहरु पनि उपलब्ध रहेको छन् ।
अग्रगामी प्रविधिका रुपमा लोकप्रिय बन्दै गएको रियलमी विश्वव्यापी रुपमा आफ्ना प्रयोगकर्ताहरुलाई प्रविधिको अधिक र उत्कृष्ट अनुभव प्रदानका लागि कटिबद्ध रहेको छ । यसैका लागि नै कम्पनीले रियलमी बड्स एयर२ र बड्स एयर२ नियोलाई सार्वजनिक गरेको हो । आगामी दिनमा रियलमीले एआईओटी उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिएकोमा स्मार्ट र स्टाइलिस डिजाइनका उपकरणको उत्पादन गर्नमा जोड दिने र यसका लागि आवश्यक लगानी गर्ने बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया