Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाले लकडाउनपछि व्यापार सुचारु गर्न लागेका रिटेलरलाई सहयोग गर्ने

कोका–कोलाले लकडाउनपछि व्यापार सुचारु गर्न लागेका रिटेलरलाई सहयोग गर्ने


काठमाडौं ।
लकडाउनको प्रतिबन्ध सहज हुन थालेपछि नेपालमा कोका–कोलाले महामारीबाट पुनः सुचारु हुने क्रममा किराना र शप अनर्सलाई सहयोग गर्ने योजना बनाएको छ । यसमा शप अनर्सहरुको लागि सुरक्षाको लागि पहलहरु पनि समावेश गरिएका छन् । यो पहल पछाडिको मूल उद्देश्य भनेको खाद्य र पेय क्षेत्रहरुलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिडपश्चात् रिकभर हुन र फस्टाउन सहयोग गर्नु हो ।

किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले ह्वाट्सएपमार्फत दु्रत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको छ, जसले स्वचालित बिक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पु-याउनेछ । यसको साथै खुद्रा बिक्रेताहरुले ह्वाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पु¥याउने कम्पनीको भनाइ छ । साथै फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट पनि बचाउँछ । यो प्ल्याटफर्म अरु कम्युनिकेसन एप्लिकेसन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने बताइएको छ ।

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सलाई उनीहरुको व्यापारलाई छिटो रिकभर गर्न सहयोग पु-याउनेछ । यसले ग्राहकहरुलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकहरुसँग बहु डिजिटल विकल्पहरुसहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहलहरुलाई हामी विस्तारै विस्तार गर्नेछौँ ।’

कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कुलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिन अप कार्यक्रमको आयोजना गर्नेछ । यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पीपी ई किट वितरण गर्नेछ । साथै एक हजारभन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्नेछ ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले कोका–कोलाले इकोनोमिक रिकभरीलाई सहयोग गर्दै आएको बताए । खुद्रा बिक्रेताहरुलाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने कम्पनीको जिम्मेवारी पनि रहेको उनको भनाइ छ । कम्पनी साना व्यवसाय र शप अनर्सहरुको साथमा रहँदै आएको पनि उनले बताए । लकडाउनपछि धेरै किराना स्टोरहरुले आफ्नो सामानको होम डेलिभरीको प्रस्ताव गर्दै आएका छन् । कोका–कोलाले शप अनर्सहरुलाई स्टोरको सम्पर्क नम्बरहरु रहेको निजीकृत पोष्टर राख्नेछन् जसले कम्युनिकेसन र अर्डरिङको लागि सहयोग पु-याउनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x