Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

सोलुमा बिजुली आन्दोलन
सोलुखुम्बु,माघ ६

हाइड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत् विस्तार नगरी केन्द्रीय प्रसारणलाइनमा विद्युत् जोड्ने कार्यक्रम आयोजना गरेपछि स्थानीयले कार्यक्रम स्थलमा आगजानी गरेका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाको लाम्मानेमा करिब एक दर्जन मोटरसाइकल स्थानीयले जलाइदिएका हुन् । सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेमा शनिबार गर्ने भनिएको विद्युत्को केन्द्रीय प्रसारणलाइन उद्घाटन कार्यक्रममा झडप हुँदा ११ वटा मोटरसाइकल र एउटा बोलेरोमा स्थानीय तिङ्लाबासीले आगो लगाएका हुन् । हाइड्रो प्रभावित क्षेत्र तिङ्लामा विद्युत् विस्तार नभर्ई पत्तालेमा उद्घाटन गर्न लागेको भन्दै सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानीयले कार्यक्रम बहिष्कार गरेका थिए । कार्यक्रम बहिष्कार गरेका स्थानीयले शनिबार बिहानैदेखि प्रदर्शन गरेका थिए । तिङ्लाबासीले कार्यक्रममा सहभागी व्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगो लगाएका हुन् ।

जिल्लाका संघीय सांसद हेमकुमार राईले शनिबार पत्तालेमा उद्घाटन गर्ने कार्यक्रम थियो । झडपमा केही मानिसहरु घाइते भएका छन् । कार्यक्रममा झडपको स्थिति सृजना भएपछि अतिथिहरु बीचबाटोबाटै सदरमुकाम सल्लेरी फर्किए । झडपपछि प्रदर्शनकारीहरुले ठाउँ–ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रिने दर्जनौँ सवारीसाधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x