रिचार्जरले अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने
काठमाडौं ।
इ–कमर्स प्लेटफर्म रिचार्जरले अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिडसम्बन्धी उपकरण सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महंगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो । १० लिटर क्षमताको अक्सिजन सिलिन्डर प्रतिदिन दुई सय ५० रुपैयाँ र ४० लिटर क्षमताको प्रतिदिन तीन सय ७५ रुपैयाँमा भाडामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर प्रतिदिन पाँच सय रुपैयाँ र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैयाँमा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । आपसी सहमतिमा धरौटी लिएर अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका साथै सिलिन्डर खरिद गर्न चाहनेहरुलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिण्डर नौ हजार पाँच सय र ४० लिटरको १४ हजार पाँच सय रुपैयाँमा उपलब्ध गराउनेछ ।
रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा एक घण्टा र मुलुकभर २४ घण्टामा डेलिभरी दिनेछ । बन्दाबन्दी खुकुलो हुँदै जाँदा रिचार्जरले घर, अफिस, स्कुल, होटल, अस्पताल वा डोनेसनको लागि थोकमा कोभिड उपकरण चाहिएको अवस्थामा सहजै उपलब्ध गराउने जनाएको छ । यसका लागि दरबारमार्गस्थित रिचार्जरको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया