कलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम
काठमाडौं ।
निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसनको आधिकारिक डिलर, मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्ने बताइएको छ । कम्पनीका अनुसार महाराजगञ्ज र बालकुमारीपछि यो मेगा मोटर्सको तेस्रो शोरुम हो ।
पायोनियर मोटोकर्पका प्रबन्धनिर्देशक सन्दीप सारडाका अनुसार कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै कम्पनीको ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ । साथै उपत्यकाका कुनै पनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिनेछ ।
कम्पनीका अनुसार, काठमाडौं उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै सहज आपूर्तिको लक्ष्यसहित यो शोरुम सञ्चालनमा ल्याइएको हो । अब उक्त शोरुमबाट पनि निशानको नयाँ लोगो भएको ‘बिग, बोल्ड, ब्युटिफुल’ म्याग्नाइट खरिद गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया