डाबर नेपालको ‘रियल इम्युनो म्याङ्गो प्लस’ बजारमा
काठमाडौं ।
डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पु-याउनको लागि नयाँ जुस ‘रियल इम्युनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस हो । कम्पनीले वर्षौैँदेखि नेपाली बजारमा आफ्नो उच्चस्तरीय उत्पादनहरुद्वारा ग्राहकहरुको विश्वास जित्दै आएको छ । अहिलेको यो महामारीको अवस्थामा सबैलाई रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता पर्ने हुनाले कम्पनीले रोग प्रतिरोधात्मक क्षमता भएको आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको जनाएको छ । फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्युनो म्याङ्गो प्लस तयार पारिएको हो ।
डाबर नेपालका प्रमुख एचएस वेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन बृहत् बनाउँदै कम्पनी निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए । उनका अनुसार रियल इम्युनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवद्र्धक र ज्यादै मिठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ । रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यति मात्र होइन, यो जुस आँपको मिठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ ।
कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्युनो म्याङ्गो प्लसको अवधारणालाई समयअनुकूल मानेर ज्यादै सह्राहना गरेको डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले बताए । यसैगरी प्रोडक्ट डेभलप्मेन्टको दौरानमा गरिएको ब्लाइन्ड टेष्ट पनि उपभोक्ताहरुले रियल इम्युनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेको उनले जानकारी दिए । यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० रुपैयाँ र १ लिटर प्याकको मूल्य दुई सय ५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया