Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

आईएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता


काठमाडौं ।
वित्तीय साक्षरता कार्यक्रमका लागि आईएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता भएको छ । सम्झौताअनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका ७७ वटै जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आईएमई पे हुनेछ ।

सम्झौतापत्रमा आईएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रबन्धनिर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका छन् । सम्झौता आदानप्रदान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नाहाटाले यो कार्यक्रम देशका सबै क्षेत्रमा वित्तीय साक्षरता पु-याउन सफल हुने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x