Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनद्वारा दोलखा प्रहरीलाई विपत् प्रतिकार्य सामग्री सहयोग

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनद्वारा दोलखा प्रहरीलाई विपत् प्रतिकार्य सामग्री सहयोग


काठमाडौं ।
नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । एसोसिएसनले बुधबार एक कार्यक्रममार्फत विपत् प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, खानेपानी प्रशोधन, करौती, प्राथमिक उपचारको सामग्री, त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपत नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारीस्वरुप सामग्री दिइएको बताइन् । यसैगरी एसोसिएसनले दोलखा जिल्लाका स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सन्ट्रेटरहरु पनि प्रदान गरेको छ । यसअघि कुनै पनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सन्ट्रेटर नभएका स्वास्थ्य चौकीहरुलाई कन्सन्ट्रेटर प्रदान गरिएको एसोसिएसनले जनाएको छ ।

१० लाख रुपैयाँबराबरको सामग्री हस्तान्तरण गरिएको एसोसिएसनकी अध्यक्ष पौडेलले बताइन् । एसोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ । यसअघि पनि मेलम्चीमा बाढी आउँदा हेलम्बु र मेलम्चीबासीको लागि अति आवश्यकता सामग्री वितरण गरेको अधक्ष पौडेलले बताइन् । चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोगस्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x