नेपालका प्रमुख सहरहरूमा डिशहोम फाइबर नेट सेवा
काठमाडौं ।
देशका प्रमुख सहरहरूमा डिशहोमले फाइबर नेट सेवा विस्तार गरेको छ । कम्पनीले काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरीमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा विस्तार गरिसकेको छ । यस्तै कम्पनीले हालै बर्दिबास, बुटवल, ढल्केबर र शंखमूल पनि सेवा विस्तार गरेको छ ।
यसैगरी छिटै नेपालका प्रमुख सहर पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगञ्जलगायत अन्य स्थानमा पनि सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरूका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभोड जस्ता विभिन्न सुविधाहरू उपलब्ध रहेको छ ।
फाइबरनेटका योजनाहरू १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् । उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोमले फाइबरनेट सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवाप्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया