Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एम३२ सार्वजनिक

सामसङको ग्यालेक्सी एम३२ सार्वजनिक


काठमाडौं ।
सामसङले हालै नेपाली बजारमा विङ्गमन्स्टरअन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम३२ सार्वजनिक गरेको छ । यसमा ९० हर्ज रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड रहेको छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यसको स्क्रिन ब्राइटनेस आठ सय निट्सले यस स्मार्टफोनलाई अझै शक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यसअघि एम सिरिजहरूमा उपलब्ध थिएनन् । सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले सामसङ नेपालमा निरन्तर उत्कृष्ट फिचरहरूका साथ नयाँ–नयाँ विशेषतायुक्त स्मार्टफोनहरूको विकास गर्न लागिपरेको बताए ।

यसै सिलसिलामा कम्पनीले नयाँ फोन सार्वजानिक गरेको जानकारी दिए । कम्पनीका अनुसार यसमा छ हजार मेगाहर्जको ब्याट्री रहेको छ, जसले गर्दा दिन रातविना अवरोध स्मार्टफोन सञ्चालन गर्न सकिन्छ । यसले २५ वाटको चार्जिङ्गलाई सपोर्ट गर्दछ, त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जर समेत प्रदान गरिएको छ । यसमा भएको बृहत् ब्याट्री सुविधाले बारम्बार चार्ज गरिरहनुपर्ने झन्झटबाट मुक्ति समेत दिने विश्वास लिइएको छ ।

यसमा ओक्टा–कोर मिडिया टेक हेलियो जि८० प्रोसेसर रहेको छ, यसले पनि मल्टिटास्किङ्गमा थप सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा प्रयोगकर्ताले क्लिकको भरमा आफ्नै एल्बम तथा फिड सुनिश्चित गर्न सक्नेछन् । यस फोनमा २० मेगा पिक्सलको फ्रन्ट क्यामराको साथ ६४ मेगा पिक्सलको क्यामेरा रहेको छ । साथै यसमा भएको आठ मेगा पिक्सलको अल्ट्रा वाइड क्यामेराको सहयोगबाट अभूतपूर्व ल्यान्डस्केप लिन सकिन्छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x