ग्रिन टायरको नयाँ उत्पादन ‘सारथि टायर’
काठमाडौं ।
निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्र्याक्टरको पछाडि भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथि टायर राखिएको छ ।
रियर टायर भनिने ट्र्याक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर समेत हो । नेपालको कठिन सडक तथा भौगोलिक संरचनाको हिसाबले तयार गरिएकोले सो टायर नेपाली माटो तथा बाटोलाई सुहाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार सो टायरमा ताप प्रतिरोधी क्षमता रहेको छ भने पन्चर सुरक्षाको लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको छ । कुल २० वटा गोटी रहेको र हाई एनएसडी सहित उत्कृष्ट ट्र्याक्सनयुक्त टायर भएकोले यसले राम्रो उत्पादकत्व दिनेमा कम्पनी विश्वस्त रहेको बताएको छ ।
हाल यो टायर १३.६–२८ को साइजमा बजारमा उपलब्ध छ । आगामी केही दिनमा अन्य साइजका एग्रिकल्चर टायर समेत बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले बताएको छ । तीन वर्षपहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरू उत्पादन गर्छ । हाल कम्पनीले प्रतिवर्ष २.५ लाख थान टायर उत्पादन गरिरहेको छ । आगामी वर्षदेखि पाँच लाख थान टायर उत्पादन हुनेछ । हाल ग्रिन टायरमा कुल एक सय ५० जना कामदार कार्यरत छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया