Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज सहयात्री कार्यक्रम पुनः सुरु

दराज सहयात्री कार्यक्रम पुनः सुरु


काठमाडौं ।
अनलाइन बजार दराजले आफ्नो सफल सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ । साना र मध्यम आकारका उद्यमहरूलाई (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा गत वर्ष सुरु गरिएको थियो । कार्यक्रमअन्तर्गत दराजले चार महिनाको कमिसन शुल्क हटाई बिक्रेताहरुलाई देशभरिका सात लाखभन्दा बढी ग्राहकहरुसम्म निःशुल्क पहुँच प्रदान गरी आठ हजारभन्दा बढी एसएमईहरुलाई आफ्नो व्यवसाय दराजमा दर्ता गर्न मद्दत गरेको थियो ।

कम्पनीको अनुसार दराज सहयात्री कार्यक्रमको मुख्य उद्देश्य साना र मध्यम आकारका उद्यमहरूलाई शुल्क माफी, व्यापक अनलाइन प्रशिक्षण, साप्ताहिक भुक्तान चक्र र थप वित्तीय कार्यक्रमहरूको माध्यमबाट छिटो पुनः प्राप्ति गर्न सहयोग गर्नु हो । यसबाहेक, यस कार्यक्रममार्फत पहिलोपटक अनलाइनमा सरेका नयाँ व्यवसायहरूले अब आउने तीन महिना ‘दराज दशैँ धमाका अभियान’सम्म निःशुल्क रुपमा आफ्नो उत्पादन दराजमा बेच्न सक्नेछन् । एसपाली दराज सहयात्री कार्यक्रम थप नयाँ पहलहरूको साथ सुरू गरिएको छ, जसमा सेलर प्रमिस २०२१ समावेश छ ।

दराज सहयात्री कार्यक्रम र सेलर प्रमिस २०२१ को मुख्य विशेषताहरू आउने तीन महिनाको लागि पहिलोपटक अनलाइन बेच्न एसएमईहरूको लागि कुनै बजार शुल्क लागू नहुने, बिक्रेताहरुलाई १४ दिन नभई सात दिनभित्र भुक्तानी गरिने, नबिल बैंकको सहयोगमा व्यवसायहरूले विशेष एसएमई वित्तपोषण पाउने, द्रुत साइन–अप प्रक्रियाले नयाँ बिक्रेताहरूलाई २४ घण्टाभित्रै अनलाइन जान सक्षम, बिक्रेता क्वेरीहरू ३० सेकेन्डको अवधिमा प्रत्यक्ष लाइभ कुराकानीमार्फत उत्तर दिइने र बिक्रेताहरूले दराज विश्वविद्यालयको माध्यममार्फत विस्तृत इ–कमर्स प्रशिक्षण र शिक्षा पहल पाउनेलगायत रहेका छन् ।

‘घरेलु अर्थव्यवस्था, विशेष गरी साना र मझौला आकारका व्यवसायहरूलाई महामारी र पछिल्लो लकडाउनले कठोर पारेको छ । दराजको बिक्रेताहरु फस्टाएबापत हाम्रो देशभर १० लाख बढी ग्राहकहरु फस्टाउनेछन् । तसर्थ, हाम्रो मुख्य उद्देश्यहरूमध्ये एक हाम्रो एक हजारभन्दा बढी बिक्रेतालाई प्लेटफर्ममा छिटो पुनः प्राप्ति गर्न मद्दत गर्ने र थप व्यवसायहरूलाई कुनै जोखिमविना अनलाइन बेच्ने अवसर दिने हो । हाम्रो सहयात्री कार्यक्रम र सेलर प्रमिस २०२१ ले छिटो भुक्तानको, अनुकूलित अनबोर्डिङ, कम शुल्क, थप प्रशिक्षण र विशेष वित्तीय पु¥याउनेछ’, दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिंगले भने ।

अलीबाबा समूहको स्वामित्वमा रहेको, दराज, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, र म्यान्मारमा अग्रणी अनलाइन शपिङ प्लेटफर्म हो । डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउन दराजको एसएमई केन्द्रित पहलहरू अन्य मिसनहरुमध्येको एक हिस्सा हो । दराज नेपालले १० हजारभन्दा बढी बिक्रेताहरूद्वारा इलेक्ट्रोनिक्स, फेसन, ग्रोसरीबाट घरेलु उत्पादनहरूमा छ लाखभन्दा बढी उत्पादनहरू उपलब्ध गर्दै आएको छ । अब, दराजले अर्को बिक्री अभियान महाबचत बजारको लागि तयारी गर्न लागेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x