‘टाटा दशैं बम्पर लक्की ड्र’ उपहार विजेता घोषणा
काठमाण्डौँ,माघ ७
टाटा मोटर्स नेपालको आधिकारिक बिके्रता सिप्रदी टे«डिङ्ग प्रालिले दशैं बम्पर लक्की ड्रको उपहार विजेताहरुको घोषणा गरेको छ । टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरुसहित योजनाको उक्त लक्की ड्रको गत शुक्रबार विजेता घोषणा गरेको हो । कम्पनीले यसअघि बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा पुस २१ गते लक्की ड्रको कार्यक्रम आयोजना गरिएको थियो ।
देशैभरबाट कुल एक हजार सात सय ३२ जना ग्राहकहरुले उक्त लक्की ड्रमा सहभागिता जनाएका थिए । यसमध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ । कुल विजेतामध्ये १३ जना ग्राहकहरुले एलजीको ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको आठ किलो क्षमताको वासिङ्ग मेसिन, १३ जनाले सामसुङ्गको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ इन्च फोर के इन्टरनेट टिभी र सात जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् । उक्त कार्यक्रममा ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया