Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा मनि ट्रान्सफर र इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इ–सेवा मनि ट्रान्सफर र इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता


काठमाडौं । इ–सेवा मनि ट्रान्सफर र युरोपबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको जर्जियास्थित इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ । यससँगै इन्टेल एक्सप्रेसमार्फत पठाएको रेमिट्यान्स नेपालमा रहेका इ–सेवा मनि ट्रान्सफरका आठ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत सहजै पाउन सकिन्छ भने इ–सेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ । इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स कारोबार गर्ने कम्पनी हो ।

सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिट्यान्स कम्पनी हो, जसले ईयू, बेलायत, जर्जिया, युक्रेन, सोभियतपश्चात् अन्य राज्यहरू लगायत ५० बढी राज्यमा रेमिट्यान्स कारोबार गर्दछ । यसका ग्रिस, बेलायत, इटाली र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ । यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्सफरमार्फत सेवा दिँदै आएको छ । इ–सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इ–सेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x