खुल्ला सीमामा हुने चोरी पैठारीका कारण स्थानीय बजारमा नकारात्मक प्रभाव
काठमाडौं । मोरङ व्यापार संघले नेपाल–भारतबीच रहेको खुल्ला सीमामा हुने चोरी पैठारीका कारण स्थानीय बजारमा नकारात्मक प्रभाव परेको बताएको छ । प्रदेश १ का सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा संघका अध्यक्ष प्रकाश मुन्दडाले चोरी पैठारी नियन्त्रण र सुरक्षित बजार व्यवस्थापनका लागि प्रहरी प्रशासन भूमिका मुख्य रहने उल्लेख गरे ।
सुव्यवस्थित सुरक्षा व्यवस्थापनले मात्रै औद्योगिक व्यावसायिक वातावरण फस्टाउन मद्दत पुग्ने उनको भनाइ थियो । मुन्दडाले जिल्लामा शान्तिसुरक्षा एवं सुशासन कायम राख्न मोरङ व्यापार संघले प्रहरी प्रशासनसँग निरन्तर समन्वय, सहयोग एवं सहकार्य गर्दै आएको पनि बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले निजी क्षेत्र र प्रहरी प्रशासनबीच संघले निरन्तर रुपले समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको र कुनै समस्या हुँदा छलफलबाटै निराकरण गर्दै आएको जानकारी दिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले कोभिड १९को संक्रामक अवस्थामा संघको समन्वयमा निर्मित कोभिड अस्पताल, संघद्वारा वितरित स्वास्थ्य सुरक्षा एवं स्वास्थ्योपचारका सामग्रीहरु तथा प्रहरी प्रशासनलाई पु-याएको सहयोगहरुबारे उल्लेख गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया