स्मार्ट च्वाइस टेक्नोलोजी र मिडिया इन्टरनेशनलबीच सम्झौता
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) र मिडिया इन्टरनेशनलबीच ‘फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी’ सञ्चालनबारे सम्झौता भएको छ । सोमबार भएको सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र मिडिया इन्टरनेशनलका तर्फबाट अध्यक्ष माधव निर्दोषले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार मिडिया इन्टरनेशनलद्वारा देशका ७७ वटा जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रममा क्यूआर पार्टनरका रुपमा स्मार्ट क्यूआर रहनेछ । सो कार्यक्रममा एससीटीका कामु प्रमुख कार्यकारी अधिकृतले यस अभियानबाट ग्रामीण क्षेत्रमा विद्युतीय भुक्तानीसम्बन्धी जनचेतना बढाउनेमा ठूलो सहयोग पुग्ने बताए ।
उनले देशका सबै क्षेत्रका बसोबास गर्ने जनमानसमा क्यूआर कोडको उपयोगिता र प्रयोगसम्बन्धी जानकारीको विस्तार भई कारोबार गर्ने प्रेरित गर्न कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । त्यसैगरी मिडिया इन्टरनेशनलका अध्यक्षले अबको वित्तीय कारोबारको भविष्य स्मार्ट क्यूआर भएका कारण स्मार्ट क्यूआरसँगको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।
स्मार्ट क्यूआर एससीटीद्वारा सञ्चालनमा ल्याइएको विद्युतीय भुक्तानी प्रविधि हो । जसमा बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङलगायत विभिन्न मोबाइल वालेटबाट समेत कारोबार गर्न सकिन्छ । सम्झौताअनुसार फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी कार्यक्रममा स्मार्ट क्यूआर लगायत विद्युतीय भक्तानी कारोबार सम्बन्धमा जानकारी गराइनेछ । ‘फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी’ कार्यक्रम नेपाल राष्ट्र बैंकको प्रवर्द्धन र मिडिया इन्टरनेशनलद्वारा सञ्चालित वित्तीय साक्षरताको डिजिटल कार्यक्रम हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया