भोटेबहालमा बहुउद्देश्यीय व्यावसायिक प्लाजा
काठमाडौं । काठमाडौंको भोटेबहालमा बहुउद्देश्यीय प्लाजाको निर्माण सुरु भएको छ । व्यावसायिक समूह सीई ग्रुपले छ तलायुक्त प्लाजाको निर्माण थालेको हो । ग्रुपकै कम्पनी सीई रियलस्टेटका अनुसार भोटेबहालस्थित सिद्धि गणेश होटलअगाडि यो प्लाजा बनाउन थालिएको छ । प्लाजाभित्र पसलसहित कार्यालय र अपार्टमेन्टको सुविधा रहनेछ ।
प्लाजाको ग्राउन्ड फ्लोरमा प्रतिवर्गफिट स्पेसको मूल्य महंगो छ । त्यस्तै माथिल्लो तलाअनुसार भने क्रमशः कम छ । प्लाजामा ग्राउन्ड फ्लोर, पहिलो र दोस्रो तलामा आफूअनुकूलको पसल सञ्चालन गर्न सकिनेछ । तलाअनुसार खाली ठाउँको मूल्य भने फरक–फरक हुनेछ ।
कम्पनीका अनुसार ग्राउन्ड फ्लोरसहित पहिलो र दोस्रो तलामा पसल हुनेछन् । तेस्रो तला अफिसको लागि प्रयोग गर्न सकिनेछ भने चौथो र पाँचौँ तलामा अपार्टमेन्ट हुनेछन् ।
ग्राउन्ड फ्लोरमा २२ वटा पसल सञ्चालन गर्न सकिनेछ । ग्राउन्ड फ्लोरमा अधिकांश युनिट बुकिङ भइसकेको निर्माता कम्पनीले जनाएको छ । यो तलामा एउटा युनिटको ६३ लाख रुपैयाँदेखि १ करोड १२ लाखसम्म पर्ने बताइएको छ । दोस्रो, तेस्रो, चौथो र पाँचौँ तलामा प्लट अझै खाली छ ।
दोस्रो तलामा ९८ लाखदेखि १ करोड २ लाखसम्मका युनिट खाली छन् । तेस्रो तल्लामा ९७ लाखदेखि २ करोड ३६ लाखसम्मको युनिट खाली छन् । अपार्टमेन्ट रहेको चौथो तल्लामा २ करोड ८६ लाख र पाँचौँ तल्लामा १ करोड १६ लाखदेखि ३ करोड ७७ लाखसम्मका युनिट खाली छन् ।
३४ आना जग्गामा प्लाजा बन्नलागेको हो । गाडी पार्किङको पर्याप्त व्यवस्था गरिने प्लाजाको आठ हजार वर्गफिटको बेसमेन्टले ७० प्रतिशत जग्गा ओगट्नेछ । काठमाडौंको व्यापारिक केन्द्र भोटेबहालमा हुने अपार्टमेन्ट व्यवसायीहरुको लागि बढी उपयोगी हुने कम्पनीको विश्वास छ ।
आँबुखैरेनीमा पनि बहुउद्देश्यीय भवन
तनहुँ । आँबुखैरेनी गाउँपालिकाले निर्माण गर्न लागेको पाँच तले बहुउद्देश्यीय भवनको बुधबार शिलान्यास गरिएको छ । उक्त भवनको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
भवनको कुल लागत १३ करोड ७४ लाख एक हजार सात सय ८१ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । गाउँपालिकाको नाममा रहेको ४९३.५८ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको हो । भवन पाँच तलाको बनाउने लक्ष्य रहे पनि पहिलो चरणमा तीन तलाको निर्माण गरिने बताइएको छ ।
पहिलो चरणामा दुई करोड ३९ लाख ८८ हजार सात सय ७८ विनियोजन गरिएको छ । उक्त भवनको जिम्मा श्री ज्ञान ज्योति विल्डर्स प्राली काभ्रेले पाएको छ । वि.सं. २०७९ कात्तिक १५ गतेभित्रमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया