२८ लाख ४९ हजारमा ‘द अल न्यु रेनो काइगर’
काठमाडौं ।
रेनो नेपालले द अल–न्यू काइगरको मूल्य नेपाली रुपैयाँ २८ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ । यस उत्कृष्ट मूल्य निर्धारणले रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा गतिशीलता परिवर्तन गर्ने निश्चित रहेको कम्पनीको दाबी छ ।
साथै रेनो काइगरको लागि बुकिङहरु समेत बिहीबारदेखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट सुरु भएको छ । कम्पनीका अनुसार रेनो काइगरले आफैँलाई एक स्टनिङ, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रुपमा स्थापित गरेको छ । स्टनिङ डिजाइन स्पोर्टी र मस्कुलर एलिमेन्टहरु द्वारा उदाहरणको रुपमा छ, जसले रेनो काइगरलाई एक सही एसयूभीको रुपमा खडा गरेको छ । रेनो काइगरमा स्मार्ट क्याबिनले प्रविधि, कार्यक्षमता र रुमिनेसको संयोजन छ ।
उच्च प्रदर्शनको साथसाथै यसमा मल्टि सेन्स ड्राइभ मोडहरु रहेको स्पोर्टी ड्राइभ छ । यसले ग्राहकहरुलाई ड्राइभिङ प्राथमिकताहरुमा फ्लेग्जेबिलिटी प्रदान गर्दछ । रेनो काइगरलाई एमटी र एएमटीको दुईवटा विकल्पहरुमा १.० एल इनर्जीमा प्रदान गरिनेछ । ग्राहकहरुले चारवटा उपलब्ध रहेको ट्रिमहरु–आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडबाट छनोट गर्न सक्नेछन् ।
प्रत्येक संस्करण सेग्मेन्टमा ग्राहकको माग र आवश्यकताहरुलाई ध्यानमा राखी बनाइएको हो र सबै ट्रिमहरुमा यसको आकर्षक मूल्य राखिएको छ । ग्राहकहरुको हरेक स्तरमा एक मूल्यवान् लाभ छ जुन स्टाइलिस डुअल टोन संयोजनको लागि विकल्पको रुपमा रहेको छ ।
रेनो काइगरको दुई अगाडिको सिट र दुई पछाडिको सिटमा तीन–पोइन्ट सिटबेल्ट लगाइएको छ भने रियर मिडल प्यासेन्जर सिटमा दुई–पोइन्ट सिटबेल्टको सुविधा रहेको छ । रेनो काइगरमा दुई साइड एयरब्यागसँगै ड्राइभर र फ्रन्ट–सिट यात्रीको लागि दुई अगाडि एयर ब्यागहरूको साथ आउँछ ।
दुवै अगाडि सिटहरूको सुरक्षाको लागि सिट बेल्ट रिमाइन्डर चेतावनीकोे सुविधा रहेको छ । एक्सेसिसरिज र पर्सनलाइजेसन फ्रन्टमा ग्राहकहरुले विशेष क्युरेट गरिएको एक्सेसरी प्याकहरुको स्मार्ट रेन्जबाट छनोट गर्न सक्छन् जसले काइगर गाडीलाई अर्को तहमा लैजान मद्दत पु¥याउँछ । त्यहाँ पाँचवटा एक्सक्लुसिभ पर्सनलाइजेसन प्याकहरु–एसयूभी, एट्राक्टिभ, एसेन्सियल, स्मार्ट, स्मार्ट प्लस रहेका छन् जुन टेक एक्सेसरिजसहित एक वायरलेस चार्जर र एयर प्युरिफायरका साथ उपलब्ध छ ।
कम्पनीका अनुसार यो कार छवटा आकर्षक रंगहरुमा उपलब्ध छन् । क्यासपियन ब्लु, रेडियन्ट रेड, मुनलाइट सिल्भर, प्लानेट ग्रे, आइस कुल वाइट, माहोगनी ब्राउन साथै डीटीसहितको विकल्पहरुमा यो कार उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया