Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजको महाबचत बजार अभियानको तयारी पूरा

दराजको महाबचत बजार अभियानको तयारी पूरा


काठमाडौं । दराजले घोषणा गरेको महाबचत बजार अभियानको तयारी पूरा भएको छ । दराजले आइतबारदेखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको थियो । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रवद्र्धन गर्नु हो । अभियानअन्तर्गत चार हजार रुपैयाँसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनलाइन प्री–पेमेन्टमा दुई हजारसम्मको छुट, एक रुपैयाँमा आइफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।

कम्पनीका अनुसार यस अभियानको लागि, नबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबी बैंकका कार्डधारकहरूले प्रि–पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन् । यी बैंकका डेबिट कार्ड धारकहरूले १५ प्रतिशत (एक हजार पाँच सय रुपैयाँसम्म) को छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत (दुई हजार रुपैयाँसम्म) छुट पाउनेछन् । यो अफर सीमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसैगरी, ग्राहकहरु आफ्नो आईएमई पे खातामार्फत प्रि–पेमेन्ट गरेर मूल्य अझै कम गर्न पनि सक्छन् । आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरिदहरूमा २० प्रतिशत (एक हजार रुपैयाँसम्म) छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्डमार्फत प्रि–पेमेन्ट गरेमा १५ प्रतिशत (पाँच सय रुपैयाँ) सम्म छुट र भिसा क्रेडिट कार्डमार्फत पूर्वभुक्तानीमा २० प्रतिशत (पाँच सय रुपैयाँ) छुट पाउन सक्नेछन् ।

दराज महाबचत बजारमा प्रदर्शित ‘खेल एक रुपैयाँ’मा भाग लिए ग्राहकहरुले एक लाख ३३ हजार रुपैयाँ मूल्यको आइफोन १२ र ५० हजार रुपैयाँको श्री बालाजी हिराको झुम्काजस्ता पुरस्कार केवल एक रुपैयाँमा जित्न सक्नेछन् । यसैगरी अरु अन्य पुरस्कार पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे खाता प्रयोग गरी एक रुपैयाँ भुक्तानी गर्न सक्छन् । यदि जितेनन् भने रकम फिर्ता हुने कम्पनीको भनाइ छ ।

यस्तै दराज महाबचत बजारमा नयाँ सामसङ एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ । शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसङ, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बिड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छुट प्रदान गर्दै छन् ।

कम्पनीका अनुसार ७० हजारभन्दा बढी अर्डरको साथ दराज महाबचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो । यस वर्ष, ग्राहकहरूले अनलाइन पूर्वभुक्तान र आईएमई पेमार्फत अझ बढी बचत गर्न सक्नेछन् । दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिङ्गलले भने, ‘ग्राहकले छ लाखभन्दा बढी उत्पादनहरूमध्ये छनौट गर्न सक्छन् भने हाम्रो १० हजारभन्दा बढी बिक्रेता र दराज आफैँ पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन् ।’

त्यसैगरी छुट, एफबी लाइभ भिडियो, प्रतियोगिता र प्रस्तावहरूको साथ एक रमाइलो अभियानको लागि आशा गरिरहेको उनको भनाइ छ । ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न दराजले अझै पनि सबैभन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदै आएको जनाएको छ । त्यस्तै, ग्राहकहरूलाई समान खरिद गर्नुअघि सधैँ उत्पादनको र बिक्रेताको रेटिङ र रिभ्यु जाँच गर्न पनि दराजले सल्लाह दिएको छ । यो अभियान साउन ९ गतेसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x