होण्डा ग्राजिया अब बीएसभीआर्ई मोडलमा
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडले आइतबारदेखि नेपाली बजारमा होण्डा ग्राजियाको बीएसभीआई मोडललाई लन्च गरेको छ ।
कम्पनीका अनुसार आकर्षक र स्टाइलिस लुक रहेको यस १२५ सीसी नयाँ बीएसभीआई मोडलमा व्यावहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचरअन्तर्गत ग्राहकले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एम्प्टीजस्ता जानकारी प्राप्त गर्न सकिनेछ । होण्डाको पीजीएम–एफआई (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजी प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ ।
ग्राजियाको यस नयाँ बीएसभीआई डीएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडिलिङ स्टप रहेको छ भने नयाँ बीएसभीआई एसटीडी मोडलमा इन्जिन स्टार्ट/स्टप स्विच रहेको छ । यसका साथै यस स्कुटरमा साइड स्ट्यान्ड इन्जिन अफ फिचर, एसीजीसहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीको साथ एचईटी इन्जिनजस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु छन् । नेपाली बजारमा ग्राजिया बीएसभीआई डीआरएस मोडलको मूल्य दुई लाख ६९ हजार नौ सय रुपैयाँ छ । यस्तै ग्राजिया बीएसभीआई डीएसएस मोडलको मूल्य दुई लाख ८९ हजार नौ सय रुपैयाँ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया