स्प्राइटको ‘क्लियर रह’ शीर्षकको समर क्याम्पियन सुरू
काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘क्लियर रह’ शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । कम्पनीका अनुसार यस अभियानको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो ।
यो अभियान जेनरेसन जेड ग्रुपका युवाहरुको लागि लक्षित गरिएको कम्पनीले जनाएको छ । यसले सबै कुराहरु खुला र पारदर्शी रुपमा लिन्छन् । स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्दछ, जसले युवालाई मेन्टल्ली र फिजिकल रुपमा रिसेट गर्न मद्दत गर्दछ । त्यसैले उनीहरू सधैँ सुखी रहन्छन् र आफ्नो विचारलाई छर्लंग प्रस्तुत गर्दछन् ।
यस अभियानको नयाँ टीभीसीमा स्प्राइटको ब्रान्ड एम्बेसेडर अनमोल केसी छायांकित छन्, जसमा उनी लामो र तातो गर्मीको दिनपछि आराम गर्दै घर फर्किँदै गरेको देखिन्छ । यद्यपि उनको बुबाले भने उसलाई कता गएको र किन आफ्नोे समय खेर फालेको भनेर गाली गर्दछन् । उनले त्यसपछि स्प्राइटको चिसो बोतल समातेर चुस्की लिन्छन् र तुरुन्तै उनी रिफ्रेस हुन्छन् ।
आफ्नो बाबुले भनेको सबै कुराहरुलाई मध्यनजर गर्दै उनले आफ्नो प्राथमिकताहरुलाई पुनः रिसेट गर्दछन् र त्यसपछि उनले आफ्नो चिसो स्प्राइटको बोतलको साथ गेमिङमा आफ्नो समय बिताउँछन् । ‘क्लियर रह’ अभियान स्प्राइटको विश्वव्यापी अभियान ‘लेट्स बि क्लियर’ को एक हिस्सा हो, जुन नेपालका युवाहरुमा स्थानीयकरण गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया