टीभीएस एनटर्क रेस एडिसन नेपालमा
काठमाडौं । जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टीभीएस एनटर्क रेस एडिसन नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले टीभीएस एनटर्क रेस एडिसनलाई नेपाली बजारमा आइतबार भर्चुअल माध्यमबाट लन्च गर्ने भएको छ ।
जगदम्बा मोटर्सको अफिसिएल फेसबुक पेजबाट आइतबार साँझ ५ बजे लन्च गर्ने कम्पनीले जनाएको छ । टीभीएस एनटर्क १२५ स्कूटर, टीभीएस मोटर कम्पनीद्वारा निर्मित रहेको छ । फेब्रुअरी २०१८ नेपालमा लन्च गरिएको टीभीएस एनटर्क १२५ को स्कुटरले बजारमा ब्लुटुथजडित पूर्ण डिजिटल स्पिडोमिटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टिल्थ इन्स्पायर्ड स्टाइलिङ आदिजस्ता सबैभन्दा पहिले दाबी गर्दछ ।
सन् २०१८ मा टीभीएस एनटर्क १२५ लाई नेपालमा पहिलो ब्लुटुथजडित स्मार्ट स्कुटरको रूपमा सुरू गरिएको थियो । यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कुटरको रूपमा स्थापित गर्न सक्षम भएको कम्पनीको दाबी छ ।
केही वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीमा योे स्थापित भएको छ । एक वर्षपछि सन् २०१९ मा यो नेपालको सबैभन्दा छिटो वृद्धि गर्ने स्कुटरको रुपमा परिचित हुन सफल भएको छ । सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया