Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोको सिक्सजी ह्वाइट पेपर सार्वजनिक

ओप्पोको सिक्सजी ह्वाइट पेपर सार्वजनिक


काठमाडौं । ओप्पो रिचर्स ईन्स्टिच्यूटले आधिकारिकरुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर ‘सिक्सजी एआई–क्यूब इन्टेलिजेन्ट नेटवर्किङ’ सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तीकरणमा कसरी टेवा पु-याउन सक्छ भन्ने दूरसञ्चार उद्योगकै पहिला पहिलो नमूनाका रुपमा यो ह्वाइट पेपरले अर्को पुस्ताको दूरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको छ ।

सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरुमाथि प्रारम्भिक अध्ययनका लागि हाल ओप्पोल प्रि—रिसर्च (पूर्वशोध) टोलीको गठन गरेको छ । सिक्सजीले एआईसँग मानव अन्तर्क्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने ओप्पोको विश्वास छ ।

सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् । तिनले विभिन्न प्रयोग चरणहरुमार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिष्कृत एआई मोडलहरुका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्नेछ । उदाहरणका लागि स्वचालित सवारीहरुमा सिक्सजी सञ्जालहरुले सवारीको अवस्थिति र वातावरण (समय र मौसम) का आधारमा उपयुक्त एआई अल्गोरिदमको उपयोग गर्दै इष्टतम (अप्टिमल) कम्युनिकेसन कनेक्सनको छनोट गर्न सक्नेछन्  । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x