हुन्डाईद्वारा चाडपर्व अफरका विजेता घोषणा
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालिको दशैँ तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको बम्पर विजेताहरुको नाम घोषणा गरेको छ । कम्पनीका अनुसार उक्त अफरअनुरुप पहिलो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौँका श्याम प्रसाद पौडेलले हुन्डाई ग्राण्ड आई१० निओज (माग्ना) जितेका छन् ।
त्यसैगरी अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १६१७, भरतपुर, चितवनका चेत नारायण सापकोटाले हुन्डाई औरा (एस) जिते । सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा त्यसैगरी स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट रहेको थियो ।
यस्तै कोरोनाको कठिन समयमा स्वास्थ्यकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मानस्वरुप विशेष प्याकेज तथा बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत १–१ जना विजेतालाई हुन्डाई ग्राण्ड आई१० निओज (माग्ना) र हुन्डाई औरा (एस) जित्ने मौका थियो । उक्त अफरको विजेताको घोषणा हिमालयन टिभीमा लाइभ लक्की ड्रमार्फत सोमबार गरिएको थियो ।
सो कार्यक्रमको मुख्य अतिथिहरुमा कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा पूर्व राष्ट्रिय फुटबल क्याप्टेन अनिल गुरुङ रहेका थिए । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । ‘यसपालिको दशैँ तिहार वेलकम टु हुन्डाई परिवार’ योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागू गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया