टीभीएसको ‘बीएसभीआई टीभीएस एनटर्क १२५’ सार्वजनिक
काठमाडौं । टीभीएस मोटर कम्पनीले बीएसभीआई टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) स्कुटर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बीएसभीआईलाई आरटीएफआई (रेस ट्युन गरिएको इन्धन इन्जेक्सन) र ईटीएफआई (इकोथ्रस्ट इन्धन इन्जेक्सन) गरी दुई संस्करणमा विकसित गरेको छ । यस स्कुटरमा रेसिङ अनुभवका लागि रेस ट्यून फ्युल इन्जेक्सन (आरटीएफआई) टेक्नोलोजी विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
टीभीएस एनटर्क नेपालकै सर्वाधिक बिक्री हुने १२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीले दाबी गरेको छ । नयाँ एडिसन स्कुटरमा ५.८.लिटरको फ्युल ट्यांक रहेको छ । टीभीएस मोटर कम्पनीका अध्यक्ष आर दिलीपले टीभीएस एनटर्क १२५ले जेनेरेसन जेडको लागि रोचक, शक्तिशाली, जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई नयाँ परिभाषा दिएको बताए ।
जेएमपीएलका प्रबन्धनिर्देशक शाहिल अग्रवालले टीभीएस एनटर्क १२५ बीएसभीआईलाई नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताए । स्मार्ट स्कुटर आरती एफआई समावेशको साथ एक बेस्ट–इन–क्लास स्वामित्वको अनुभव सिर्जना गर्न डिजाइन गरिएको उनको भनाइ छ ।
टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर हो र यो उद्योगको पहिलो प्रविधि, नयाँ शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको दाबी छ । स्कुटरले इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अन्य टीभीएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ । स्मार्ट कनेक्टले डिजिटल स्पिडोमिटर, नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्टपार्क लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्टलगायतका मल्टिराइड मोडजस्ता सुविधाहरूलाई समेटेको छ ।
यस लन्चको साथमा टीभीएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक निलो रंगमा आउने कम्पनीले जनाएको छ । रेस एडिसन रेड–ब्ल्याक र एल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जब कि सुपर स्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्टिल्थ ब्ल्याक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया