कर्णालीका होटल व्यवसायीद्वारा राहत माग
सुर्खेत । सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी संघ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटेल व्यवसायलाई उकास्न राहतको माग गरेका हुन् ।
कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिए । ‘विगत दुई वर्षदेखि हामी थला परेका छौँ, राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन’, उनले भने । कोरोना महामारीको यस्तो अवस्थामा खोप पनि दिन कञ्जुस्याइँ गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए ।
अध्यक्ष रावतका अनुसार सुर्खेतमा मात्र एक हजार दुई सय ५० होटलमा पाँच हजार कर्मचारी छन् । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरिएको उनले जानकारी दिए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटल व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताए । व्यवसायीको मागपत्र बुझ्दै मन्त्री बुढाक्षेत्रीले कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकाले प्रदेश सरकारले यसलाई माथि उकास्ने खालका कार्यक्रम ल्याउने जानकारी दिए ।
कोभिड–१९ विरुद्धको खोप होटल व्यवसायीलाई पनि लगाउन मन्त्रालयले पहल गर्नेे पनि उनले बताए । ‘अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ, सोहीअनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक, सफाइकर्मी र शिक्षकलाई खोप लगाउने काम भइरहेको छ’, उनले भने । होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारी पनि कोरोनाको जोखिम हुने भएकाले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकारले आवश्यक पहल गर्ने जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया