Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा स्कोडा कुशाकको बिक्री सुरु

नेपालमा स्कोडा कुशाकको बिक्री सुरु


काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयूभी स्कोडा कुशाकको बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार यसको सुरुवाती मूल्य ४९ लाख ९० हजार रूपैयाँ कायम गरिएको छ ।

नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने कम्पनीले जनाएको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको कम्पनीको दाबी छ । रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर गज्जवको छ । ड्राइभिङलाई सहज बनाउन यसमा धेरैवटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौँ एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् ।

नयाँ कुशाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ । यसैगरी यसमा आरामदायी इन्टेरियर राखिएको छ । यसको बीचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टच स्क्रिन र टु–स्पोट मल्टि फङ्सन स्टेरिङ छ । यसको बुट क्षमता ३८५ लिटर हो, जसलाई पछाडिको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ । एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ, जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरू क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टीएसआई इन्जिन राखिएको छ जसले इन्टरनेसनल इन्जिन अफ द इयर अवार्ड हासिल गरिसकेको छ । डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ । तीन सिलिन्डर भएको १ दशमलव शून्य लिटरको टिएसआईले ८५ किलोवाट र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने ऊर्जालाई फ्रन्ट ह्विलमार्फत छ स्पिड म्यानुअल गियरबक्स वा न्यू जेनेरेसन छ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिने कम्पनीले जनाएको छ ।

यसैगरि नयाँ कुशाक दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टमको अप्सनसहित उपलब्ध छ । यी दुवैले स्मार्टलिंक टेक्नोलोजीमार्फत स्मार्ट फोनसँग कनेक्ट गर्छ । एम्बिसन र स्टाइल ट्रिममा २५ दशमलव ४ सेन्टिमिटरको टचस्क्रिन छ भने एक्टिममा १७ दशमलव ७८ सेन्टिमिटरको टच स्क्रिन रहेको छ । यो इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाइफाइ हटस्पट, ह्यान्डफ्रि फोन कलका लागि एक्सटरनल माइक्रोफोन, भ्यालेट मोड र वायरलेस स्मार्टलिंक हुनेछ ।

कुशाकमा छवटा स्पिकर हुनेछ जसले गुणस्तरीय आवाजको ग्यारेन्टी गर्नेछ । यसमा अगाडि डाटा कनेक्ट र चार्जिङको लागि सेन्टर कन्सोलमा दुईवटा र पछाडि मोबाइल डिभाइस चार्जिङका लागि दुईवटा यूएसबीसी पोर्ट हुनेछ । स्टाइल ट्रिममा वायरलेस चार्जर समेत रहेको छ । कुशाकमा एअर केयर फंक्सनसहितको टच कन्ट्रोल्ड क्लाइमेट्रोनिक पनि रहेको छ ।

कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्याण्डर्ड भएको सेग्मेन्टकै पहिलो एसयूभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको कम्पनीले जनाएको छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । छवटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्री प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ । बच्चाहरूको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ । यसमा पार्किङ सेन्सर र रियर भ्यू क्यामेरा पनि छ । साथै एबीएस, इबीडी, एक्सडीएससहितको इडीएस, एचबीभी र बीएसडब्लुजस्ता ब्रेकिङ फिचर यसमा छन् ।

नेपाली बजारमा कुशकको मूल्य एक्टिभ एमटी भेरियन्टको ४९ लाख ९० हजार तोकिएको छ । एम्बिसन एमटीको ५३ लाख ९० हजार, एम्बिसन एटीको ५८ लाख ९० हजार, स्टाइल एमटीको ६० लाख ९० हजार, स्टाइल एटी ६५ लाख ९० हजार तोकिएको कम्पनीले जनाएको छ । यस्तै एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्राहकले अब ५ दशमलव ९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x