Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबहुप्रतीक्षित होण्डा सीबी ३५० आरएस नेपालमा

बहुप्रतीक्षित होण्डा सीबी ३५० आरएस नेपालमा


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतीक्षित होण्डाको सीबी ३५० आरएस नेपाली बजारमा शनिबार लन्च गरेको छ ।

नेपालमा होण्डा सीबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको छ । सीबी ३५० आरएसले पनि नेपाली बाइकरहरूको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कम्पनीको दाबी छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरूको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन छ । मोडर्न फिचरहरूले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस एलो र रेडिएन्ट रेड मेटालिक गरी दुई विभिन्न रंगहरूमा उपलब्ध छ ।

एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरैमध्येका केही विशेषताहरू हुन् । नेपाली बजारमा यस सीबी ३५० आरएसको मूल्य सात लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x