Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली युवा उद्यमी मञ्चको काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने

नेपाली युवा उद्यमी मञ्चको काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने


काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (न्येफ)को काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई अझै प्रोत्साहन र साथ प्रदान गर्ने उद्देश्यले न्येफको काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो । यस वर्ष संस्थाले युवाहरुलाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ । संस्थाले यो कार्यक्रममार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्सपोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्नेछ ।

यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर पाँच वर्ष नकटेको हुनुपर्नेछ । स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ ।

स्टार्टअपले आफनो सबैभन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तीय विवरण (अडिट रिपोर्ट) बझाउनुपर्ने न्येफ काठमाडौँ च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले बताए । उनका अनुसार अडिटेड वित्तीय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तीय विवरण बुझाउनुपर्नेछ । यी सबै आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरु मात्र अवार्डको लागि योग्य हुने कर्माचार्यको भनाइ छ । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले सञ्चालन गरेको कम्पनी भने सहभागी हुन पाउनेछैन । यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ ।

उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमशः एक लाख ५० हजार, ७५ हजार तथा ५० हजार नगद उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्योरेन्स र सहप्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसमा नयाँ स्टार्ट अपहरुले परियोजनाको आधारमा २५ लाख विना धितो पाउनसक्ने प्रावधान राखिएको छ । यस घोषणाले नेपाली उद्यमीहरु पूरा लाभान्वित हुने र उद्यमी परिदृश्य विकासमा टेवा पुग्ने आयोजकको भनाइ छ ।

नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरुको मुख्य संस्था हो । नेपाली युवाबीच आइडिया एक्सचेन्ज, फेलोसिफ शिक्षा, प्रशिक्षण र एडभोकेसी गर्ने उद्देश्यले स्थापना भएको नेपाली युवा उद्यमी मञ्चलाई नेपाल उद्योग वाणिज्य महासंघले सन २००३ सालमा आधिकारिक मान्यता प्रदान गरेको थियो । त्योसँगै संस्थाले नेपाली युवाहरुमा उद्यमशीललाई विकास गर्ने सँगसँगै संस्थालाई विस्तार गर्ने कार्यहरु गर्दै आइरहेको थियो । यसैक्रममा सन् २०१६ सालमा नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको स्थापना भएको थियो । उद्यमीको विकास गर्ने लक्ष्य लिएको यस संस्थाले विभिन्न टकशो, मेन्टोरसिप विक, मास्टरक्लास र अरु विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x