‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’को फारम भर्ने समय २८ साउनसम्म
काठमाडौं । ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय दुई साता थपिएको छ । १५ साउनसम्म फारम भर्ने मिति तोकिएकोमा अब साउन २८ गतेसम्म भर्न पाइने भएको छ । यो अवार्ड आगामी भदौमा आयोजना हुनेछ । यो अवार्डको लागि गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघु चलचित्र, फेसन, मोडलिङ, सामाजिक अभियानजस्ता विधामा प्रतियोगीले फारम भर्नसक्ने आयोजक संस्था क्लालिटी फिल्म्सका अध्यक्ष उमेश गुरुङले जानकारी दिए ।
क्वालिटी फिल्मस्का अध्यक्ष गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताए । क्वालिटी फिल्म्सका तर्फबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गरिने तयारी भइरहेको पनि उनले बताए । सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ यो अवार्ड आयोजना हुनलागेको हो । यस अघि निषेधाज्ञाका कारण धेरैले समयमै फारम भर्न नपाएको गुनासो गरेपछि समय थपिएको पनि उनले बताए ।
यो अवार्डको लागि २०७६ वैशाख १ बाट २०७८ असार मसान्तसम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघु चलचित्र फेसन कार्यक्रम, मोडलिङजस्ता विधाले भाग लिन पाउनेछन् । यस इन्टरटेनमेन्ट अवार्डअन्तर्गत गीत संगीत, म्युजिक भिडिओ, चलचित्र, लघु चलचित्र, फेसन, मोडलिङ, सामाजिक अभियान जस्ता विविध विधामा अवार्ड प्रदान गरिनेछ ।
अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिनेछ । विगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, वृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्म्स प्रालिले अब यो क्षेत्रको विकास र प्रोत्साहनका लागि अवार्ड आयोजना गर्नलागेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया