Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी बन्यो संसारकै छिटो १० करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड

रियलमी बन्यो संसारकै छिटो १० करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड


काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले विश्वभर १० करोड स्मार्टफोन बिक्री गर्न सफल रहेको छ । सन् २०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भएको हो ।

स्ट्राटेजी अनालिटिक्सको बजार अध्ययनले तीन वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्राण्ड रियलमी भएको देखाएको छ । सन् २०२१ को दोस्रो क्वार्टरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा रियलमी देखिएकोमा अन्तर्राष्ट्रिय तथ्यांक निगम (आईडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ ।

फाइभजी विस्तारमा आक्रामक देखिएको रियलमीले २०२१ को दोस्रो क्वार्टरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ । साथै रियलमीले २०२१ को दोस्रो क्वार्टरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।

तीन वर्षअघि मात्रै सन् २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्टफोन ब्राण्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौथो र युरोपियन बजारको केही क्षेत्रमा पाँचौँसहित १३ वटा बजारमा यसको उच्च ५ स्मार्टफोनभित्र रहेको छ । १० करोड कोशेढुंगाका साथ विश्वमा शानदार उपस्थित जनाएको रियलमी उदाउँदो नयाँ ब्राण्ड हो ।

यसअघि नै १२५ वाटको अल्ट्राडार्ट चार्जिङ प्रविधि पहिलोपटक प्रयोग गर्ने र क्वाल्कम स्न्यापड्रागन ८८८ प्रोसेसरलाई पहिलोपटक प्रयोगमा ल्याइ रियलमीले आफ्नो एउटा परिचय बनाइसकेको छ । यो फोन ६४ मेगापिक्सल क्यामेरासँग आउँछ । अझ रियलमी फाइभजी फोन नेरु २४ हजारभन्दा कम मूल्यमा बेच्ने कम्पनी हो । विश्वमा युवापुस्तालाई लक्षित गर्दै युवा उद्यमीलाई लिएर रियलमीले विभिन्न स्थापित ब्राण्ड निर्माण गरिरहेको छ ।

कम्पनीका सीईओ स्काई लिले बितेका तीन वर्षमा औद्योगिक भावनाका साथ एउटा उचाइ चुम्न रियलमीले उत्साहप्रद वृद्धि गरेको बताए । स्मार्टफोन बजारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै उनले विश्वमा आफ्ना उपभोक्तालाई सुलभ मूल्यमा प्रिमियम रेन्जका मोबाइल फोन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । लीले आगामी २०२२ मा १० करोड रियलमीका मोबाइल फोन बिक्री गर्ने र २०२३ भित्र संसारभर थप १० करोड स्मार्टफोन सेट ढुवानी गर्ने दोहोरो कोशेढुंगा प्राप्त गर्ने दाबी गरे ।

रियलमीका उपाध्यक्ष तथा भारत तथा युरोपका लागि सीईओ माधव शेठले चुनौतीदेखि उन्नतिसम्मको नाराका साथ रियमली सधैँ नम्बर वान ब्राण्ड बन्ने लक्ष्य राखेको बताए । उनका अनुसार यी उपलब्धि हासिल गर्न कम्पनीले व्यापक उत्पादन विकास रणनीति लिएको छ, जसलाई २ तरिकाले विस्तार गर्ने योजना कम्पनीको छ । हालै फ्ल्यागशिप जीटी सिरिजलाई फ्लागशिप किलरमा रुपान्तरण गर्दै रियलमीले मध्यमदेखि उच्च वर्गलाई लक्षित गर्दै उत्तर युरोप तथा चीनमा पठाएको छ ।

यसैगरी कम्पनी आगामी पाँच वर्षभित्र विश्वमा प्रविधि प्रयोगकर्ताका लागि पूर्ण एआईओटी ब्राण्ड उपलब्ध गराउने रणनीति समेत लिएर अघि बढेको छ । १+५+ टि रणनीति (जहाँ १ भनेको मोबाइल फोन, ५ भनेको वाइरलेस स्टेरियो एयरफोन, वेरबल, टीभी, ट्याब्लेट, ल्यापटप र टी भनेको एआईओटीको टेकलाइफ हो) अनुसार कम्पनी अघि बढेको छ । रियलमी आफ्नो उपभोक्तामाझ टेक्नोलोजीले सुधारिएकोे जीवनशैली किफायती मूल्यमा प्रदान गर्छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x