भिभो भी–२१ ई स्मार्टफोन बजारमा
काठमाडौं । भिभोको भी–२१ ई प्रोफेसनल स्मार्ट फोन नेपालमा सार्वजनिक गरिएको छ । भी २१ ई फोनमा ४४ एमपीको आई अटो फोकस फ्रन्ट क्यामरा जडान गरिएको छ । यसमा नाइट पोट्रेट समेत समावेश हुँदा यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।
भी २१ ई स्मार्ट फोन साउन २४ देखि २६ गतेसम्म खरिद गर्नेले लन्च अफरको रुपमा निःशुल्क इयर बड जित्ने अवसर समेत पाउनेछन् । भीभोको नयाँ उत्पादन भी २१ ईमा उत्कृष्ट फ्रन्ट क्यामेरा र विशेष सफ्टवेयर अटो फोकस फिचरका कारण सफा इमेज, बेटर नाइट सट, फोर के गुणस्तरको स्टेबल भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ ।
शक्तिशाली ४४ एम.पी.को एफ/२.० अपार्चरले गर्दा प्रकाश कम भएको ठाउँमा पनि रिजल्ट राम्रो दिन्छ । यसमा रहेको डुवल भ्यू भिडियो, स्लो मोसन सेल्फी भिडियो, ४के सेल्फी भिडियो ८ स्टेडी फेस सेल्फी भिडियोले प्रयोगकर्ताले चाहेजस्तो परिणाम दिनेछन् । प्रभावशाली ६४ एम.पी. नाइट क्यामेराले उत्कृष्ट इमेज क्वालिटी दिन सक्छ र माइक्रो फोटोग्राफीमा अरु क्यामेरा भन्दा राम्रो परिणाम दिन्छ । वाइड एङ्गल र विशेष कम्प्लेक्स सटको कम्बिनेसनले सबै प्रकारको वातावरणमा गुणस्तरिय फोटोग्राफीको अनुभव प्रदान गर्दछ ।
कम्पनीका अनुसार फोरके गुणस्तरको इमेज, भिडियो र इलेक्ट्रोनिक इमेज स्टेबिलाइजेसनले उत्पादनलाई सानो साइजमा राख्न मद्दत गर्दछ । भी २१ ईलाई क्वालकम स्न्याप ड्रागन ७२० जी प्रोसेसर, ८ जी.वी र्याम र १२८ जीबी रोम रहेको छ र यसमा ३ जीबी एक्सटेन्डेबल -यामको विशेषता रहेको छ । ३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बनाइएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ३९ हजार नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया