Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण

राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण


काठमाडौं । टेल्जी इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता योम मा इ नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको हो । गत वर्षको लकडाउनका बीच नेपाली बजारमा इलेक्ट्रिक स्कुटर टेल्जीको आधिकारिक बिक्री सुरु गरेको कम्पनीले पहिलो वर्ष कोरोनाको महामारीकै बीच पनि लक्ष्यअनुरुप इलेक्ट्रिक स्कुटरको बिक्री गर्न सफल भएको छ ।

‘हामीले सुरुवाती चरणदेखि नै आविष्कार केन्द्रसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर प्रयास गरिरहेका थियौँ, यसै क्रममा हामीले पहिलो वार्षिक उत्सवको अवसर पारेर टेल्जी लायन स्कुटर आविष्कार केन्द्रलाई प्रदान गरेका छौँ’, टेल्जी नेपालका निर्देशक सञ्जीव शिल्पकारले भने, ‘अब आविष्कार केन्द्रले टेल्जी स्कुटरलाई अझै नेपाली भूगोल सुहाउँदो कसरी बनाउन सकिन्छ भनेर थप अनुसन्धान गर्नेछ ।’ टेल्जी नेपालले हाल अटो बजारमा तीन मोडलका इलेक्ट्रिक स्कुटरको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले टेल्जी लियोपार्ड, लायन र टाइगरको बिक्री गर्दै आएको हो ।

कम्पनीका अनुसार लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरले एक पटककोे फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ । यस इलेक्ट्रिक स्कुटरको ब्याट्री एक पटक फुल चार्ज गर्न पाँच घण्टा लाग्छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरको मूल्य दुई लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

टेल्जी लियोपार्ड खरिद गर्न चाहने ग्राहकले भने केही समय प्रतीक्षा गर्नुपर्ने कम्पनीले बताएको छ । हाल स्टक सकिएका कारण नयाँ स्टक आउनका लागि केही समय लाग्नेछ । यस्तै टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यी स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ । टेल्जी लायनको मूल्य एक लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x