शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक घटे
काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०७७/७८ मा दुई हजार नौ सय ३५ पर्यटकले निकुञ्ज घुमफिर गरेका छन् । निकुञ्ज घुमफिर गर्नेमा अधिकांश आन्तरिक पर्यटक छन् । थोरै मात्रै विदेशी पर्यटक निकुञ्ज घुम्नका लागि पुगेका छन् । कोरोना संक्रमणको डरले थोरै मात्रै पर्यटक निकुञ्ज घुम्नका लागि पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी रवीन चौधरीले बताए ।
आव २०७६/७७ मा एक हजार सात सय ७५ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए । ‘आव २०७६/०७७ को तुलनामा आव २०७७/०७८ मा पर्यटक बढेका छन्’, अधिकृत चौधरीले भने, ‘विगत वर्षको तुलनामा त्यो संख्या आधाले कम छ ।’ कोरोना महामारीका कारण निकुञ्ज घुमफिरका लागि आउने पर्यटक घटेको उनले बताए । आव २०७५/७६ मा निकुञ्जमा छ हजार ६९ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए ।
आव २०७४/७५ मा चार हजार सात सय ४०, आव २०७३/७४ मा दुई हजार छ सय ४० पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७७/७८ मा निकुञ्ज घुम्न आउने पर्यटकबाट आठ लाख ६२ हजार नौ सय २४ रूपैयाँ रकम संकलन भएको छ । पर्यापर्यटन, दण्ड जरिवानालगायत अन्य गरी सोही अवधिमा निकुञ्जले तीन करोड ९९ हजार दुई सय ७२ रूपैयाँ राजस्व संकलन गरेको छ ।
आव २०७६/०७७ मा पर्यापर्यटनबाट आठ लाख दुई हजार छ सय ८७ रूपैयाँ रकम संकलन भएको थियो । पर्यापर्यटनसहित अन्य गरी एक करोड ३४ हजार सात सय ८५ रूपैयाँ राजस्व निकुञ्ज कार्यालयले संकलन गरेको थियो । घुमफिरका लागि आउने पर्यटकलाई तोकिएको शुल्क लिई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न लगाई निकुञ्जमा प्रवेश दिइने गरिएको छ । निकुञ्जमा घुमफिरका लागि जीप र हात्ती सफारीको व्यवस्थासमेत गरिएको छ ।
निकुञ्ज घुमफिर गर्न आउने नेपाली नागरिकलाई ५६ रूपैयाँ ५० पैसा, सार्क मुलुकभित्रका नागरिकलाई पाँच सय ६५ रूपैयाँ, विदेशी नागरिकलाई एक हजार एक सय ३० रूपैयाँ प्रवेश दस्तुर निर्धारण गरिएको छ । दश वर्षमुनिका बालबालिकालाई भने निकुञ्ज घुमफिर गर्दा दस्तुर नलाग्ने व्यवस्था गरिएको छ । निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गे, कृष्णसार, निलगाई, चितुवा, चित्तल, लगुना, बँदेल, खरायो र विभिन्न प्रजातिका चरा पर्नेगरेका छन् ।
घाँसेमैदान व्यवस्थापन, मचानको व्यवस्था, वनपथ निर्माण, पुलपुलेसा मर्मतकार्य गरी पर्यटकको आवागमनलाई निकुञ्जमा सहज बनाइएको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गेको सबैभन्दा ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघको घनत्व र दुर्लभ पशुपन्छी तथा वनस्पतिका लागि प्रसिद्ध छ । नेपालको तराईका संरक्षित क्षेत्रहरूमा रहेको घाँसेमैदानमध्ये शुक्लाफाँटा घाँसेमैदान सबैभन्दा ठूलो छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया