स्मार्टफोनको प्रमुख १८ बजारमा रियलमी शीर्ष ५ स्थानमा
काठमाडौं । प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीका अध्ययनअनुसार रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष पाँच स्मार्टफोन ब्राण्डभित्र परेको छ । स्थापनाको केवल ३७ महिनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको हो । यो तीन वर्षीय कम्पनीको लागि नयाँ रेकर्ड हो ।
यसैगरी भारतको नम्बर वान फाइभ जी स्मार्टफोन ब्राण्डका रूपमा आफूलाई स्थापित गरी भारतमा पाँच करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन रियलमी बनेको छ, यो स्मार्टफोन क्षेत्रकै नयाँ उपलब्धि हो । फाइभ जी विस्तारका क्षेत्रमा आक्रामक रियलमी २०२१ को दोस्रो क्वाटरमा भारतीय स्मार्टफोन बजारको क्षेत्रमा २२ प्रतिशत हिस्सा ओगटेको छ । उक्त अवधिमा एक सय ४० प्रतिशतले बजार विस्तार गर्दै रियलमी भारतको चौथो ठूलो स्मार्टफोन बन्न सफल भएको छ ।
क्यानालिसको विश्वभर स्मार्टफोन ढुवानीको रिपोर्टअनुसार फिलिपिन्स बजारमा रियलमी पहिलो नम्बरमा रहेको छ । त्यसैगरी बंगलादेशमा पनि रियलमीले पहिलोपटक नेतृत्वदायी स्थानमा आफूलाई उभ्याएको छ, जुन स्थान हासिल गर्न सन् २०२० मा बजार प्रवेश गरेलगत्तै सुरुवाती केवल पाँच क्वार्टर समय लगाएको हो । यो क्वार्टर युरोपको बजारमा सफलता प्राप्त गर्न रियलमीका लागि उपयुक्त समय रह्यो, किनभने १२८२ प्रतिशत वार्षिक बजार वृद्धि गर्दै ढुवानीका हिसाबले यूरोपमा स्मार्टफोन पठाउने शीर्ष पाँचभित्र रियलमी पर्न सफल भएको छ । साथै यो कम्पनी पहिलोपटक स्लोभेनियामा दोस्रो, रसिया र पोल्यान्डमा तेस्रो र इटलीमा पाँचौँ स्थानमा पर्न सफल भएको छ ।
‘यही अगस्ट महिनामा हामीले कम्पनीको तेस्रो वार्षिकोत्सव मनाउँदै गर्दा विश्वभर स्मार्टफोन बजारमा बलियो स्थानमा आफूलाई स्थापित गरेकोमा हामी खुसी छौँ’, रियलमीका उपाध्यक्ष समेत रहेका नेपाल, भारत तथा युरोपका लागि प्रमुख कार्यकारी अधिकृत माधव शेठले भने । उनले थपे, ‘चुनौतीका साथ हामी हाम्रा उपभोक्तालाई सुलभ मूल्यमा उच्चस्तरको स्टाइलिस स्मार्टफोन उपलब्ध गराउनमा प्रतिबद्ध छौँ ।’ क्यानालिस रिपोर्टका अनुसार ढुवानीका हिसाबले फिलिपिन्स, बंगलादेश, स्लोभेनिया, पोल्यान्ड, रसिया, कम्बोडिया, चेक रिपब्लिक, भारत, इन्डोनेसिया, इजिप्ट, ग्रिस, इजरायल, इटली, मलेसिया, म्यानमार, नेपाल, सिंगापुर र थाइल्यान्डमा शीर्ष पाँच स्थानभित्र रियलमी रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया