टीभीएसको ड्युराम्याक्स प्लस ट्याम्पु नेपालमा
काठमाडौं । नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो डिलरमाझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार टीभीएस ड्युराम्याक्स प्लस नेपालको लागि अत्यन्त उपयुक्त छ । यसको मूल्य नेपाली बजारमा हाल पाँच लाख ८९ हजार नौ सय कायम गरिएको कम्पनीले जनाएको छ । बिक्रीपश्चात् यसको सम्पूर्ण पार्टपुर्जाहरू नेपालमा नै पाइनेछ । टीभीएस ड्युराम्याक्स प्लस थ्री ह्विलरको इन्जिन ४ स्ट्रोक र लिक्विड कुल्ड प्रविधिको छ ।
सर्वाधिक शक्तिशाली २२५ सीसीको दमदार इन्जिन जडित यो थ्री ह्विलर इलेक्ट्रिक तथा हातको मदत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ । ४७५० आरपीएममा ७.५ किवाको अत्यधिक शक्ति प्रदान गर्ने र २२७५ आरपीएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनाको साथै सवार यात्रुहरूले समेत आराम अनुभव गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया