नाडाको ४५औं वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित भएको छ । साउन १५ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको १३औँ बैठकले ४५औँ वार्षिक साधारणसभा तथा २१औँ निर्वाचन भदौ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
साधारणसभा सम्पन्न गर्नका लागि नाडाले साउन १९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरी अनुमति मागेको थियो । तर जिल्ला प्रशासनले सोही दिन कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर समेत आउनसक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सूचना जारी गरेको कारण नाडाले साधारणसभा तथा निर्वाचन स्थगित गरेको नाडाका महासचिव सुनिल रिजालले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया