ताजा र हाइजेनिक मासु डेलिभरीका लागि ‘मासु’ एपको सेवा सुरु
काठमाडौं । ताजा र हाइजेनिक मासु डेलिभरीको लागि सुरु भएको अनलाइन प्लेटफर्म ‘मासु’ले आफ्नो सेवा सुरु गरेको छ । ‘मासु’बाट सेवा लिन मोबाइल एप्लिकेसन र वेब ब्राउजरबाट अर्डर गर्न सकिनेछ । मासुको हाइजिन कायम राख्न तथा बाह्य संक्रमणबाट जोगाउन भ्याकुम प्याकिङ गरी शून्यदेखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजनासहित ‘मासु’ एप सुरु गरिएको बताइएको छ ।
यो एपलाई दुई युवाहरु विकास गिरी र विशाल रथ गिरीले सञ्चालनमा ल्याएका हुन् । ‘हामीले ताजा र हाइजेनिक मासु समयमै उपलब्ध गराउँछौँ, जुन कहिल्यै फ्रोजन भएको हुनेछैन । मासुलाई उपयुक्त तापक्रममा तयार तथा स्टोर नगर्ने हो भने ३० मिनेटभित्र मासुमा अत्यधिक ब्याक्टेरिया वृद्धि हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि घातक हुनसक्छ’, सञ्चालक विकास गिरीले भने ।
गिरीका अनुसार ‘मासु’ले बेच्ने मासु ग्राहकको हातसम्म पुग्दा विभिन्न १२ प्रकारका गुणस्तर जाँच पास गर्नेछ । मासु अर्डर गर्नको लागि एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट ‘मासु’ एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताको लागि छिट्टै एप स्टोरमा उपलब्ध हुने बताइएको छ भने वेब ब्राउजरमार्फत मासु डट स्टोरबाट पनि अर्डर गर्न सकिनेछ ।
प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा १२० मिनेटभित्र निःशुल्क डेलिभर हुने गरी तयारी गरिएको गिरीले बताए । यो सेवा विस्तारै देशैभर पु¥याउने योजना रहेको उनले बताए । ‘मासु’ एपबाट खसीको मासु एक हजार ५० रुपैयाँदेखि किन्न पाइने बताइएको छ । बुधवारदेखि प्रि–अर्डर सुरु गरिने तथा शनिबारदेखि डेलिभरी सेवा सुरु गरिने सञ्चालक विशाल रथ गिरीले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया