एकै दिन ७५ युनिट स्कोडा कुशकको डेलिभरी
काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौंलगायत देशभरका शोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशक डेलिभरी दिएको छ । एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व डा. समिरमणि दीक्षित, टुटलका सीईओ शिक्षित भट्ट, अभिनेता अनुप विक्रम शाही र भ्लगर सिसन बानियाँलाई पनि नयाँ स्कोडा कुशक डेलिभरी दिएको हो ।
दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशकलाई नेपाली अटोबजारले सहर्ष स्वीकारिसकेको कम्पनीको दाबी छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशकले वल्र्ड प्रिमियर भएदेखि नै अटोजगतमा दमदार उपस्थिति जनाइसकेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ । ‘स्कोडा कुशकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौँ ।
आजको मितिसम्म हामीसँग एक सय ५३ भन्दा बढी बुकिङ छन् । (बुधबार)चाहिँ हामीले काठमाडौं र देशभर रहेका डिलरहरुबाट ७५ वटा कुशक डेलिभरी दिएका छौँ’, स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशकमा विश्वमै लोकप्रिय टीएसआई प्रविधिको इन्जिन छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो ।
टीएसआई अवार्ड हासिल गर्न सफल पछिल्लो प्रविधिमा आधारित इन्जिन हो ।’
रोबस्ट र मस्कुलर देखिने कुशकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मिश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौँ एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डर्ड हो । एमएडब्लुले कुशकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्यूनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशक खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार नेपाली बजारमा कुशक एक्टिभ एमटीका मूल्य ४९ लाख ९० हजार रुपैयाँ, एम्बिसन एमटीको मूल्य ५३ लाख ९० हजार रुपैयाँ, एम्बिसन एटीको मूल्य ५८ लाख ९० हजार रुपैयाँ, स्टाइल एमटीको मूल्य ६० लाख ९० हजार रुपैयाँ र स्टाइल एटीको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया