इ–सेवाको ‘शिक्षित युवा, समृद्ध भविष्य योजना’
काठमाडौं । इ–सेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, समृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ । यस योजनामा पाँच सयभन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । यो योजना आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ ।
कम्पनीका अनुसार छात्रवृत्ति विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिनेछ । विद्यार्थीहरूले जेभियर इन्टरनेसनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेसनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेन्डरी स्कुलमा छात्रवृत्ति प्राप्त गर्नेछन् । इ–सेवामार्फत आवेदन दिनेले मात्र छात्रवृत्तिको अवसर प्राप्त गर्नेछन् ।
छात्रवृत्तिका लागि विद्यार्थीहरूले इ–सेवा मोबाइल एप तथा वेबमार्फत इ–सेवा स्कोलरसिप अप्सनमा गई आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि विद्यार्थीहरूले ३० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यो रकम यो योजना सकिएपछि विद्यार्थीको इ–सेवा आईडी रहेको नम्बरमा टपअप हुनेछ । छात्रवृत्तिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसईई पास भएको कागजात पेस गर्नुपर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया