७५२एस को खरिदमा पहिलो तीन जना ग्राहकलाई एक लाख १० हजार छुट
काठमाडौं । इटालीको कम्पनी बेनेलीले आफ्नो एक सय १०औँ वार्षिकोत्सवको अवसर पारेर नेपालमा पनि ७५२एसको खरिदमा पहिलो तीन जना ग्राहकलाई एक लाख १० हजार रुपैयाँ छुट दिने भएको छ । यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिने कम्पनीले जनाएको छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध गराइनेछ ।
बेनेलीको नेपालको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा)लिले नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२एसको उत्कृष्ट डिजाइनका साथ गत चैत २५ गते बेनेली शोरुम नक्सालमा सार्वजनिक गरेको थियो । कम्पनीले सन् २०१६ देखि नै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई बिक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माइलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पार्टपुर्जाहरु सजिलै उपलब्ध गराउँदै आएको छ ।
कम्पनीका अनुसार बेनेली ७५२एसको सिरिजको पुनस्र्थापना गरेपछि यो मोटरसाइकल मध्यमस्तरीय मोटरसाइकल हो । जसमा बलियो, नेकेड, ग्यारेन्टी, विश्वासका साथ आनन्द लिन सकिने भएको छ । गतिशील, ठोस, तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाइन भएको बेनेली ७५२एस धेरैको रोजाइ बन्ने कम्पनीको दाबी छ । यसको बलियो ट्युब, फ्रेम, र स्टिलको प्लेटको आकार दिएको छ । चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड–कुल्ड ट्विन सिलिन्डरकोे इन्जिन, ७६ एचपीमा ८५०० आरपीएम र ६७ एनएममा ६५०० आरएम पावर एण्ड अधिकतम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा चारवटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रोटल बडी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया