मंगलम पाइपद्वारा आगलागी पीडित टेक्निसियनलाई सहयोग
काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले आगलागीबाट पीडित एक टेक्निसियनलाई आर्थिक सहयोग गरेको छ ।
चितवनको राप्ती नगरपालिका–५ चौकी डाँडामा घर भएका टेक्निसियन (प्लम्बर) गोविन्द झालाई कम्पनीले आर्थिक सहयोग गरेको हो । टेक्निसियन झाको घरमा एक हप्ताअगाडि विद्युत् सर्ट भई आगलागी हुँदा पूर्ण क्षति भएको थियो । आगलागीबाट पीडित भएका झालाई मंगलम पाइप कम्पनीले ५० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
घर आगलागीको जानकारी पाएपछि कम्पनीले स्थलगत निरीक्षण गरी ‘मंगलम पाइप्स टेक्निसियनको साथ’ भन्ने नाराअन्तर्गत मंगलम इन्डष्ट्रिज तथा कम्पनीको तर्फबाट राहतस्वरूप उक्त रकम सहयोग गरेको हो । सहयोग रकम कम्पनीका क्षेत्रीय अफिसर सुवास क्षेत्री र मंगलम पाइप्स पूर्वी चितवन, मकवानपुरको आधिकारिक डिस्ट्रिब्युटर आरम्भ सप्लायर्स एण्ड सेनेटरीको सञ्चालक रमेश उप्रेतीको उपस्थितिमा प्रदान गरिएको थियो । उक्त हस्तान्तरण कार्यक्रम स्थानीय जनप्रतिनिधि, उक्त क्षेत्रको टेक्निसियनहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया