Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचिनियाँ कार ब्रान्ड ‘चेरी’ आधिकारिक रूपमै नेपाली बजारमा प्रवेश

चिनियाँ कार ब्रान्ड ‘चेरी’ आधिकारिक रूपमै नेपाली बजारमा प्रवेश


काठमाडौं । चर्चित अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । बिहीबार आयोजित एक भर्चुअल हस्ताक्षर समारोहमार्फत कम्पनीले नेपालमा आफ्नो आधिकारिक वितरकको रूपमा एसपीजी अटोमोबाइल्ससँग सम्झौता गरेको छ ।

चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतीक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कुरामा कम्पनी विश्वस्त छ । चेरी इन्टरनेशनलका अध्यक्ष झाङ गुइविङका अनुसार दुई पक्षबीचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा चेरी इन्टरनेशनल विश्वस्त छ ।

साथै नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुसरण गर्दै चेरीले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजार मागलाई सम्बोधन गर्ने उनले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x