चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’ले नेपालमा सेवा विस्तार गर्ने
काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’ अब छिट्टै नेपाली बजारमा आउने भएको छ । कम्पनीले औपचारिक रुपमै नेपालका लागि विभिन्न डिजिटल प्लेटफर्महरु सार्वजनिक गरिसकेको छ । अफिसियल वेबसाइट च्याङ्गन नेपाल डट कम, फेसबुक पेज फेसबुक डट च्याङ्गन एनपी, इन्स्टाग्राम आईडी इन्स्टाग्राम डट कम/च्याङ्गन डट नेपाल/तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले निकट भविष्यमै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो ।
नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको छ । ‘च्याङ्गन नेपाल’ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचार सामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ । कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाइट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्महरुमार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ । ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलहरु मार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ प्राप्त गर्न सक्नेछन् ।
अटोमोबाइल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘च्याङ्गन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरुमध्येको एउटा नामको रुपमा चिनिन्छ । विगत एक सय ५८ वर्षमा कम्पनीले ‘स्थायी सुरक्षा’को नाराका साथ निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाइल ब्रान्डको रुपमा स्थापित गरेको जनाएको छ ।
साथै, कम्पनीले नेपालमा आधिकारिक रुपमै डिजिटल प्लेटफर्महरुमार्फत आफ्नो उपस्थिति सुरुवात गरेको अवसर पारेर एउटा सानो प्रतियोगिता पनि सञ्चालन गरेको छ । जसअन्तर्गत कम्पनीले पहिलो १०० जना फलोअरमध्ये भाग्यशाली १० विजेता छान्नेछ र आकर्षक पुरस्कार प्रदान गर्नेछ । भविष्य उन्मुख, सदैव भन्ने नाराका साथ कम्पनीले नेपाली अटोबजारमा आफ्नो उपस्थिति जनाउने निश्चय गरेको छ । निकट भविष्यमै नेपाली सडकहरुमा च्याङ्गनका कारहरु देखिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया