Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाजको नयाँ शोरुम धनुषामा

बजाजको नयाँ शोरुम धनुषामा


काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धनुषामामा पूर्ण सुविधासम्पन्न नयाँ शोरुम ‘माँ दुर्गा अटोमोबाइल्स’को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । यस उद्देश्यलाई सार्थक बनाउन माँ दुर्गा अटोमोबाइल्सका प्रोपराइटर निमर्ला कुमारीलाई डिलरसिप प्रदान गरिएको कम्पनीको भनाइ छ ।

नयाँ शोरुम शुभारम्भका कार्यक्रममा गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताए । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने उनको भनाइ छ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पु-याउने प्रयास गरिरहेको पनि जनाएको छ । शोरुम उद्घाटनको अवसरमा माँ दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x