इ–कमर्स प्लेटफर्म ‘ग्रोडेली’ सञ्चालनमा
काठमाडौं । नेपाली ब्रान्डहरु मात्र प्रवर्द्धन तथा बिक्रीवितरण गने उद्देश्यका साथ खुलेको ग्रोडेली अनलाइन स्टोर सञ्चालनमा आएको छ । फोर एरोज इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको यस अनलाइन स्टोरले नेपाली ब्रान्डका खाद्यान्न, तरकारी, फलफूललगायत अन्य दैनिक उपभोग्य तथा आवश्यकताका वस्तुहरु आफ्नो वेबसाइट तथा मोबाइल एपमार्फत प्रवर्द्धन तथा बिक्रीवितरण गर्दै आएको छ ।
यस एपमा खाद्यान्न, तरकारी, फलफूल, डेरी, पेयपदार्थ, बेकरी, प्याकेज्ड फुड्स, पर्सनल तथा बेबी कियरसहित विभिन्न १० भन्दा बढी वर्गअन्तर्गतका एक हजार पाँच सयभन्दा बढी सामानहरु उपलब्ध छन् । ग्राहकहरुले ग्रोडेलीको वेबसाइट द ग्रोडेली डटकम, मोबाइल एवं फोन (०१–५९०६६६३), फेसबुक, भाइबर तथा ह्वाट्सएपको माध्यमहरुबाट आफूले चाहेको सामानहरु अर्डर गरी २४ घण्टाभित्र घरमै वा आफूले चाहेको स्थानमा डेलिभरीको सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले भुक्तानीका लागि विभिन्न अनलाइन पेमेन्ट सेवा (इ–सेवा, खल्ती), स्यान टु पे, बैंक ट्रान्सफरका साथै क्यास अन डेलिभरीको सेवा पनि उपलब्ध गराएको छ । सोही अवसरमा, फोर एरोज इन्टरप्राइजेजका प्रबन्धनिर्देशक प्रणवभक्त मल्लले ग्रोडेली सम्भवतः नेपाली उत्पादन तथा ब्रान्डहरु मात्रको प्रवर्द्धन, बिक्रीवितरण गने नेपालकै पहिलो र एकमात्र प्लेटफर्म भएको बताए । कम्पनीले हालसम्म ७५ भन्दा बढी नेपाली ब्रान्डसँग साझेदारी गरिसकेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया