रियलमीको जीटी मास्टर एडिसन सिरिज घोषणा
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले किफायती तर हाई–इन्ड सेगमेन्टमा जीटी सिरिजमार्फत दुई नयाँ आकर्षक स्मार्टफोनहरू रिलिज गर्ने घोषणा गरेको छ । कम्पनीले रियलमी जीटी मास्टर एडिसन र रियलमी जीटी एक्सप्लोर मास्टर एडिसन सार्वजनिक गर्ने घोषणा गरेको हो ।
साथै, रियलमीले पहिलोपटक आफ्नो फरक डिजाइनमा बनेको टुके–डिस्प्ले ल्यापटप, रियलमी बुक पनि लिएर आउँदै छ । पहिलेभन्दा अझ उत्कृष्ट उत्पादन निकाल्ने योजनासहित १ प्लस ५ प्लस टी अलट इकोसिस्टम बनाएर अघि बढिरहेको जनाएको छ । कम्पनीको सीईओ स्काई लीका अनुसार आकर्षक डिजाइन र प्राविधिक रुपले सबल हाई –इन्ड ह्यानसेट जीटी मास्टर एडिसन सिरिज युवाहरूको सृजनशीलतामा विकास पु-याउन किफायती मूल्यमा उपलब्ध हुनेछ ।
युवाहरूमाझ यात्राको महत्वबाट प्रेरित भएर रियलमीले प्रख्यात डिजानर नाटो फुकासावासँग जिटी मास्टर एडिसन सिरिजको डिजाइन बनाएको छ । उनले उत्पादनहरू बनाउँदा डिजाइनमा विशेष ध्यान दिएका छन् । आकर्षक बनोटबाहेक यसमा फोनको पछाडि सुन्दर ग्रिल रहेको छ र स्मार्टफोनको इतिहासमा पहिलोपटक कन्केभ भेगन लेदर डिजाइन रहेको छ ।
कम्पनीका अनुसार रियलमी जीटी एक्सप्लोर मास्टर एडिसनमा १२ जीबीसम्म ¥याम बनाउन मिल्ने ८७० प्रोसेसर रहेको छ । यसैगरी जिटी मास्टर एडिसनमा आठ जीबीसम्म बढाउने मिल्ने -याम रहेको छ । यी दुवै स्मार्टफोनहरूले पावरफुल गेमहरू सहजै ह्यान्डल गर्न सक्छ । जीटी मास्टर एडिसनमा ३२ मेगापिक्सल सेल्फी क्यामेरा रहेको र जीटी एक्सप्लोर मास्टर एडिसनमा ५० मेगापिक्सलको मेन क्यामेरा रहेको छ ।
यी दुई स्मार्टफोनहरूमा १२० हर्ज सामसङ अमोलेड स्क्रिन रहेको छ । छ जीबी प्लस १२८ जीबीसहितको जीटी मास्टर एडिसन सिरिजकोे सुरुवाती मूल्य तीन सय ९९ डलर र आठ जीबी प्लस २५६ जीबीको मूल्य चार सय ४९ डलर रहेको छ । यस्तै आठ जीबी प्लस १२८ जीबीको रियलमी जीटी एक्सप्लोर मास्टर एडिसनको सुरुवाती मूल्य चार सय ९९ डलर र १२ जीबी प्लस २५६ जीबीको मूल्य पाँच सय ४९ डलर रहेको छ ।
अगस्ट २३ देखि अलि एक्सप्रेसमा उपलब्ध छ जीबी प्लस १२८ जीबीसहितको रियलमी जीटी मास्टर एडिसनको मूल्य दुई सय ९९ डलर र आठ जीबी प्लस दुई सय ५६ जीबीको मूल्य तीन सय ३९ डलर रहेको छ ।
रियलमीको पहिलो आकर्षक ल्यापटप : रियलमीले पहिलोपटक रियलबुक ल्यापटप समेत बजारमा सार्वजनिक गरेको छ । निलो र खैरो रंगहरूमा उपलब्ध कम्पनीको ल्यापटपमा सुपर–स्लिम १४.९ एमएम मेटल बडीको केस छ ।
यसमा चार सय निट्स पिक ब्राइटनेससहित १४ इन्च टु के फुल भिजन डिस्प्ले रहेको छ । परम्परागत स्क्रिन रेसियोको तुलनामा यसको ३ः२ स्क्रिन रेसियोले माइक्रोसफ्ट अफिस सफ्टवेयर प्रयोग गर्दा स्क्रिनमा अझ धेरै इन्फरमेसन देखाउँछ । ठूलो गेमहरू पनि सजिलै चल्नसक्ने रियलबुकलाई ११औँ जेनेरेसनको इन्टेल कोर प्रोसेसर र डुवल फ्यान स्ट्रोम कुलिङ सिस्टमले पावर गरेको छ । यसमा १६ जीबीसम्मको ¥याम उपलब्ध छ । यस्तै यसको ब्याट्री ११ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार विभिन्न क्षमताको रियलमी बुकको सुरुवाती मूल्य क्रमशः सात सय ४९, सात सय ९९, सात सय ६९ र नौ सय ९९ डलर छ ।
यस्तै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवमा ‘हाउ डेयर यू वि यू’ भन्ने थिममा रियलमी फ्यान फेस्टिबल २०२१ आयोजना गर्ने भएको छ । साथै कम्पनीले तीन वर्षदेखि समर्थन गर्ने आफ्ना १० करोड प्रयोगकर्ताहरूलाई धन्यवादस्वरुप विश्वव्यापी प्रमोसनका लागि १० करोड डलर अफर समेत गर्ने भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया