Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टाटा केयर क्याम्प’ सुरु

‘टाटा केयर क्याम्प’ सुरु


काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आज सोमबारदेखि टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ । टाटाको बीएस ६ कारहरु सम्बन्धित सम्पूर्ण चेक जाँच गर्न टाटा केयर क्याम्पको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

टाटा केयर क्याम्प सिप्रदीको काठमाडौंस्थित सोल्टी मोड र बागडोल आधिकारिक वर्कशपमा सोमबारदेखि सुरु भई भदौ ११ गतेसम्म सञ्चालन गरिने कम्पनीले जनाएको छ । सिप्रदी ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बीएस ६ गाडीहरूमा नयाँ प्रविधिको प्रयोग भएकोले यी गाडीहरुलाई अरु गाडीहरुभन्दा भिन्दै नयाँ टेक्नोलोजी प्रयोग गरी सर्भिसिङ गर्नुपर्ने हुन्छ ।

सर्भिसिङमा सहजीकरण गर्ने उद्देश्यले यो क्याम्पको आयोजना गर्न लागेको हो । यस टाटा केयर क्याम्पअन्तर्गत टाटा बीएस ६ कारहरुको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुने कम्पनीले जनाएको छ । त्यसैगरी, लेवर चार्जमा ५० प्रतिशत छुट, फ्री टप वाशिङ्ग, स्पेयर पार्ट्समा १५ प्रतिशत छुट, म्याक लुब्रिकेन्टस्मा १५ प्रतिशत छुट र जेनुइन सामानहरूमा १५ प्रतिशत छुट यस केयर क्याम्पको प्रमुख विशेषताहरु छन् ।

कम्पनीले निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x