५० करोड लागतमा अमेरिकी आरसी कोलाको नेपालमै उत्पादन
काठमाडौं । सन् १९०५ देखि उत्पादन सुरु गरिएको अमेरिकी मौलिक सफ्ट पेयपदार्थ ‘आरसी कोला’को ५० करोड लागतमा नेपालमै उत्पादन सुरु गरिएको छ । नेपालमा भेन्चुरा बोटलर्स प्रालिले उत्पादन सुरु गरेको आरसी कोला विभिन्न फरक स्वादमा उपलब्ध रहेका छन् ।
प्रोडक्ट लन्च कार्यक्रम गरी घोषणा गरिएका उत्पादनमा आरसी कोला, माइट्टी रेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर रहेको भेन्चुरा बोटलर्स प्रालिका निर्देशक सुवास आचार्यले जानकारी दिए । आरसी, अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त उत्कृष्ट कार्बोनेटेड सफ्ट पेयपदार्थ भएको आचार्य बताउँछन् । अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली पानीसँग मिसिएर बोतल भरिन्छ । यसको आवश्यक कच्चा पदार्थ अमेरिकाको जर्जिया प्रान्तको कोलम्बसबाट आयात गरी मकवानपुरमा उत्पादन गरिएको आचार्य बताउँछन् । आर सीका उत्पादनहरु अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (ईएफएसए) का साथै एसिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरुबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको भेन्चुरा बोटलर्स प्रालिका सीईओ कबिन अर्यालले बताए ।
उपभोक्ता सन्तुष्टि र उत्पादनको गुणस्तरमा सम्झौता नहुने अर्याल बताउँछन् । ‘यस पेयपदार्थको नेपालका लागि उत्पादन तथा वितरण गर्ने घोषणा गर्न पाउँदा हामी हर्षित छौँ’, अर्याल थप्छन्, ‘आरसी कोलालाई विश्वव्यापी उपभोक्ताको ११६ वर्षसम्म स्नेह रहेको छ र यो अझै पनि अटुट छ ।’ ६७ राष्ट्रले स्वीकार गरेको संसारको एक पुरानो, मौलिक र सृजनशीलताको परिचायक कोलालाई नेपालमा भित्र्याउन पाउनु गौरवको कुरा रहेको अर्यालको भनाइ छ । हाल काठमाडौं उपत्यकामा उपलब्ध आरसी कोलाका उत्पादन बिक्रीवितरण गर्न चाहने र थप जानकारी लिन चाहनेले ९८०१८८९१०२ मा सम्पर्क गर्न सकिने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया